Lucky-Khabar_

वीरगञ्जको मुर्लीमा कुटपिट भएकोमा एक जना गम्भीर घाईते

२९ फागुन,वीरगञ्ज । वीरगञ्जको मूर्लीमा कुटपिटबाट एक जना गम्भीर घाईते भएका छन् । मुर्ली स्थित कृषि सामग्री कम्पनी सामुन्ने रहेको नेशनल औषधि पसल सँगैको पसल छेउमा आज दिउँसो भएको कुटपिटबाट एक युवक गम्भीर घाईते भएका हुन् ।

content ad p2

घाईतेको निधारमा गम्भीर चोट लागेर अचेत अवस्थामा उद्दार गरी नारायणी अस्पतालमा लगिएको छ । कुटपिटमा संलग्न रहेका दुई युवकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार ती युवकलाई हेलमेटले टाउकोमा प्रहार गर्दा गम्भीर चोट लागेको हो ।


घाईते युवक र कुटपिट गर्ने युवकको परिचय भने वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्याम कुमार बस्नेतले खुलाउन चाहेनन् । कुटपिटमा संलग्न रहेका दुईजनालाई वडा प्रहरी कार्यालय श्रीपुरले नियन्त्रणमा लिएर ल्याएको प्रहरी निरीक्षक बस्नेतले बताए ।

प्रहरी निरीक्षक बस्नेतले बताए अनुसार दुवैपक्षबीच लेनदेनको विषयमा विवाद हुँदा कुटपिट भएको भन्ने बुझिएको र बाँकी बुझ्ने काम भईरहेको छ । उनका अनुसार कुटपिट गर्नेहरुको ठेगाना वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ बताएपनि यकिन ठेगाना भने अहिले नखुलेको प्रहरी निरीक्षक बस्नेतको भनाई छ ।

कुटपिट गर्ने र घाईतेका आफन्तहरु वडा प्रहरी कार्यालयमा पुगेका थिए । उनीहरुलाई घाईतेको अवस्था बुझेर आउनु भनेर अस्पतालमा पठाईएको प्रहरी निरीक्षक बस्नेतले बताए ।

सम्बन्धित खबर

सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका युवकको उपचारका क्रममा मृत्यु

लक्की खबर

व्यक्तिगत विवादमा युवकमाथि कुटपिट, एक पक्राउ: बीरगंजको ईदगाह चोक कुटपिट प्रकरण

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर