Lucky-Khabar_

जितपुरमा होली खेल्ने क्रममा विवाद हुँदा हवाई फायर

२ चैत,वीरगञ्ज । हिजो होलीको दिन  जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का परशुराम गिरीको घरमा एक समूहले ढुंगामुढा सहित आक्रमण गरेपछि गिरीले हवाई फायर गरेको हो ।

जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का विवादित वडा अध्यक्ष सुनिल गुप्ताको नेतृत्वमा रहेको समूहले पर्शुराम गिरीको घरमा गएर गालीगलौज गर्दै ढुंगामुढा गर्न थालेपछि गिरीले १  राउण्ड हवाई फायर गरेको गिरीले बताए । उनले वडा अध्यक्ष सुनिल गुप्ताले जानी जानी आफूमाथि आक्रमण गर्न लगाएको आरोप लगाउनु भएको छ ।

content ad p2


जिल्ला प्रहरी कार्यालय बाराले होली खेल्ने क्रममा विवाद हुदा हवाई फायर भएको जनाएको छ । घरमा सुतिरहेको समयमा वडा अध्यक्ष गुप्ताको नेतृत्वमा आएका समूहले गिरीको घरअगाडि जथाभावी गालीगलौज गर्दै ढुगामुढा गरेका थिए । हवाई फायर नगरेको भए आफूहरुमाथि सांघातिक आक्रमण नै हुन सक्ने गिरीको भनाई छ ।
गिरी र गुप्ताबीच जीतपुर सिमराको गौशाला भत्काएको र शिवमन्दिर भत्काएको घटनादेखि विवाद कायम रहेको स्थानीयले बताएका छन् । वडा अध्यक्ष गुप्ता यसअघि पनि पटक पटक विवादमा आएका व्यक्ति हुन् ।

वडा अध्यक्ष गुप्ता कहिले जीतपुर सिमरा उपमहानगरपालिका कार्यालय अगाडि फोहोर फालेर सेवाग्राहीलाई नै सेवाबाट बञ्चित हुने गरी अवरोध गर्ने, कहिले पत्रकारलाई धम्की दिने र अभद्र व्यवहार गर्ने लगायतका गतिविधि गर्ने गरेका छन् । उनलाई बारा जिल्ला अदालतले जरिमाना समेत तिराएको छ । उनी नेकपा एमाले पार्टीबाट वडा नम्बर ७ मा निर्वाचित भएका हुन् ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर