Lucky-Khabar_

जितपुरमा होली खेल्ने क्रममा विवाद हुँदा हवाई फायर

२ चैत,वीरगञ्ज । हिजो होलीको दिन  जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का परशुराम गिरीको घरमा एक समूहले ढुंगामुढा सहित आक्रमण गरेपछि गिरीले हवाई फायर गरेको हो ।

जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का विवादित वडा अध्यक्ष सुनिल गुप्ताको नेतृत्वमा रहेको समूहले पर्शुराम गिरीको घरमा गएर गालीगलौज गर्दै ढुंगामुढा गर्न थालेपछि गिरीले १  राउण्ड हवाई फायर गरेको गिरीले बताए । उनले वडा अध्यक्ष सुनिल गुप्ताले जानी जानी आफूमाथि आक्रमण गर्न लगाएको आरोप लगाउनु भएको छ ।

content ad p2


जिल्ला प्रहरी कार्यालय बाराले होली खेल्ने क्रममा विवाद हुदा हवाई फायर भएको जनाएको छ । घरमा सुतिरहेको समयमा वडा अध्यक्ष गुप्ताको नेतृत्वमा आएका समूहले गिरीको घरअगाडि जथाभावी गालीगलौज गर्दै ढुगामुढा गरेका थिए । हवाई फायर नगरेको भए आफूहरुमाथि सांघातिक आक्रमण नै हुन सक्ने गिरीको भनाई छ ।
गिरी र गुप्ताबीच जीतपुर सिमराको गौशाला भत्काएको र शिवमन्दिर भत्काएको घटनादेखि विवाद कायम रहेको स्थानीयले बताएका छन् । वडा अध्यक्ष गुप्ता यसअघि पनि पटक पटक विवादमा आएका व्यक्ति हुन् ।

वडा अध्यक्ष गुप्ता कहिले जीतपुर सिमरा उपमहानगरपालिका कार्यालय अगाडि फोहोर फालेर सेवाग्राहीलाई नै सेवाबाट बञ्चित हुने गरी अवरोध गर्ने, कहिले पत्रकारलाई धम्की दिने र अभद्र व्यवहार गर्ने लगायतका गतिविधि गर्ने गरेका छन् । उनलाई बारा जिल्ला अदालतले जरिमाना समेत तिराएको छ । उनी नेकपा एमाले पार्टीबाट वडा नम्बर ७ मा निर्वाचित भएका हुन् ।

सम्बन्धित खबर

सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका युवकको उपचारका क्रममा मृत्यु

लक्की खबर

व्यक्तिगत विवादमा युवकमाथि कुटपिट, एक पक्राउ: बीरगंजको ईदगाह चोक कुटपिट प्रकरण

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर