Lucky-Khabar_

मासुमा मिसावट गर्ने बारा जिल्लामा तीन जना प्रहरी नियन्त्रणमा

२ चैत्र, बारा|  जितपुरसिमरा उपमहानगरपालिका बाराका विभिन्न स्थानमा गरिएको बजार अनुगमनका क्रममा खसीको मासुमा बाख्राको मासु मिसाएर बिक्री-वितरण गर्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

content ad p2

बारा प्रहरीले जनाए अनुसार जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा गरिएको अनुगमनका क्रममा मासुमा मिसावट गर्ने फ्रेश हाउस सञ्चालकहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।

जितपुरसिमरा उपमहानगरपालिका-२ सिमरा चोकमा मासु पसल सञ्चालन गर्दै आएका ३१ वर्षीय शेख ओहानलाई १३ केजी बाख्रा र खसीको मासुसहित नियन्त्रणमा लिइएको छ। त्यस्तै, उपमहानगरपालिका-७ स्थित प्रवेश फ्रेश हाउसका सञ्चालक २५ वर्षीय रफिक देवान र मुस्कान फ्रेश हाउसका सञ्चालक १७ वर्षीय अहमुल्ला देवानलाई समेत नियन्त्रणमा लिइएको हो भनि प्रहरी जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमरा, बारामा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिएका छन्।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

साउदी अरबमा १२ वर्षमा ४९० विदेशी नागरिकलाई मृत्युदण्ड, पाकिस्तानी सबैभन्दा धेरै

लक्की खबर

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ, राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरबारे अनुसन्धान

लक्की खबर