Lucky-Khabar_

वीरगञ्जबाट एक युवक स्रोत नखुलेको १० लाख रुपैयाँसहित पक्राउ

११ चैत,वीरगञ्ज ।श्रोत खुल्न नसकेको ठूलो रकमसहित एक युवकलाई वीरगञ्जको भन्सार क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

content ad p2

सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाका अनुसार, रक्सौलबाट वीरगन्ज आउँदै गरेको बीआर २२ बीजी १४०८ नम्बरको भारतीय मोटरसाइकलमा सवार रहेको अवस्थामा वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौंका २९ वर्षीय प्रदीपकुमार साहलाई पक्राउ गरिएको हो।

वीरगञ्ज–१६ स्थित भन्सार कार्यालय अगाडि गरिएको नियमित चेकजाँचका क्रममा साहको साथबाट १० लाख ५ हजार नेपाली रुपैयाँ बरामद भएको थियो।

उक्त रकमको श्रोतका बारेमा साहले कुनै आधिकारिक जानकारी दिन नसकेपछि सशस्त्र प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। बरामद भएको रकम र मोटरसाइकलसहित साहलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुब्बाले बताए ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

साउदी अरबमा १२ वर्षमा ४९० विदेशी नागरिकलाई मृत्युदण्ड, पाकिस्तानी सबैभन्दा धेरै

लक्की खबर

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ, राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरबारे अनुसन्धान

लक्की खबर