४ वैशाख,वीरगञ्ज । ठूलो मात्रामा अवैध लागु औषध चरेश सशस्त्र प्रहरी बल,नेपालले पर्सा जिल्लामा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश पोखरियाबाट सशस्त्र प्रहरी नायव निरीक्षक (स.प्र.ना.उ.) महेन्द्र सिंह थापाको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाको आधारमा बुधबार राति करिब ११ बजे जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर ८ स्थित मननपुरमा बाँसको झ्याङमा लुकाई छिपाई राखिएको २४ किलो ५०० ग्राम चरेश बरामद गरेको हो।

सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले बताए अनुसार अनुसार बरामद गरिएको चरेश आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरिया पर्सामा बुझाइएको छ।



