Lucky-Khabar_

रास्वपाको सातै प्रदेशमा इन्चार्ज तोक्यो, को कहाँ:-

४ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सात वटै प्रदेशमा इन्चार्ज तोकेको छ । केन्द्रीय समितिको बिहीबार बसेको बैठकले सबै प्रदेशमा इन्चार्ज तोकेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

content ad p2

सातै प्रदेशमध्ये एक प्रदेशमा रास्वपाले मात्र महिला इन्चार्ज तोकेको छ भने सहमहामन्त्रीबाट राजीनामा दिएकी सुमना श्रेष्ठ भने अटाएकी छैनन् ।

झाले बताए अनुसार प्रादेशिक कमिटीहरूलाई अझै सशक्त बनाउँदै जिल्ला कमिटीहरूलाई अझै धेरै सक्रिय बनाउने उद्देश्यले प्रदेश इन्चार्ज तोकिएको छ ।

उनका अनुसार कोसी प्रदेशको इन्चार्ज सन्तोष परियार,मधेस प्रदेशमा मनिष झा, बागमती प्रदेशमा लिमा अधिकारी, गण्डकी प्रदेशमा शिशिर खनाल,लुम्बिनी प्रदेशमा विपिन कुमार आचार्य, कर्णाली प्रदेशमा गणेश पराजुली र सुदूरपश्चिमको इन्चार्जमा हरि ढकाल इन्चार्ज तोकिएका छन् ।

सम्बन्धित खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

कांग्रेस–कम्युनिस्टकै कारण देशमा भाँडभैलो मच्चियो : उपेन्द्र यादव

लक्की खबर

‘जनताको नेता जनता माझ’ अभियान : पर्सा–२ का सांसद सुशील शाह कानु घरदैलोमै, एक–एक मतदातासँग प्रत्यक्ष संवाद र समस्या सुन्दै विकासको प्रतिबद्धता

लक्की खबर