Lucky-Khabar_

बारा जिल्लामा ‘रकम असुली घटना’ मा एक पत्रकार प्रहरी हिरासतमा

५ बैशाख,बीरगंज। बारा जिल्लामा प्रहरीले व्यापार व्यवसायी गर्ने व्यक्तिहरूलाई पत्रकारिताको आडमा धाक धम्की दिई रकम असुल गर्ने आरोपमा एक पत्रकारलाई पक्राउ गरेको छ ।

content ad p2

पत्रकारिताको नाममा व्यापारीसंग धाक धम्की दिई रकम असुली गर्ने गरेको सूचनाका आधारमा प्रहरीले नियन्त्रण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए अनुसार पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगंज महानगरपालिका–१० घडिअर्वा घर भई हाल सोही स्थानको वडा नंम्बर १६ नवगा टोल बस्ने ४५ वर्षीय विष्णु सर्राफ रहेको छ ।

‘आफुलाई पत्रकार भन्ने विष्णु सर्राफले पत्रकार हुँ भन्दै पत्रकारिताको आडमा धाक धम्की दिई रकम असुल गर्ने जस्ता कार्य भई रहेको सूचना यस कार्यालयमा आएको हुँदा धाक धम्की देखाई रकम असुल गर्ने व्यक्तिलाई बिभिन्न माध्यबाट खोज तलास गर्दै जाँदा २०८२ बैशाख ०४ गते बारा जिल्लाको प्रसौनी गाउपालिका–३ प्रसौनी गण्डक चोकबाट आरोपित पक्राउ पक्राउ गरिएको हो,’ बारा प्रहरी प्रवक्ता पण्डितले भने । उनका अनुसार साे बारेमा थप अनुसन्धान कार्य भईरहेको छ ।

प्रहरीले आरोपित पक्राउ गरेतापनि हालसम्म आरोपित व्यक्तिले रकम लिएको आधार भने भेटाइएको छैन् ।

सम्बन्धित खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर