Lucky-Khabar_

नारायणगढ देखि गोन्द्राङसम्म भरतपुरको ६ किलोमिटरको ६ लेन सडक उदघाटन्

५ बैशाख, नारायणगढ । चितवनको नारायणगढ देखि गोन्द्राङसम्म नवनिर्मित ६ लेनको ६ किलोमिटर सडकको आज भव्य उद्घाटन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले संयुक्त रुपमा यस सडकको शुभारम्भ गर्नुभएको हो।

content ad p2

एसियाली मापदण्ड अनुरूप निर्माण भएको यो ६ किलोमिटर लामो सडक अब ६ लेनको फराकिलो भएको छ। सडक विस्तारको ठेक्का सगुन कन्स्ट्रक्सन प्रालिले पाएको थियो। कम्पनीले २०७७ असोज २६ गते २८ महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो। सुरुमा यस सडक विस्तारको लागत एक अर्ब १२ करोड रुपैयाँ अनुमान गरिएको भए पनि, पछि यो बढेर एक अर्ब ७६ करोड रुपैयाँ पुगेको थियो।

यसअघि २ लेन मात्र रहेको यो सडकलाई विस्तार गरी बीचमा चार लेन र दुवैतर्फ थप एकरएक सर्भिस लेन निर्माण गरिएको छ। ५० मिटर चौडाइको यो ६ लेन सडकमा पैदलयात्रीका लागि फुटपाथ, पानी निकासका लागि ढल, अतिरिक्त सर्भिस लेन, आधुनिक स्मार्ट लाइट जडान र बिजुलीका तारहरूलाई भूमिगत गरिएको छ।

सम्बन्धित खबर

घरमै राहदानी पुर्‍याउने सेवा विस्तार: अब सेवाग्राहीलाई सहज हुने

लक्की खबर

वनमै कुहिँदै वार्षिक २० अर्बको साल: नीतिगत झमेलाले राज्यलाई अर्बौँको घाटा

लक्की खबर

चीनको पटाका उद्योगमा भीषण आगलागी: २६ जनाको मृत्यु, ६१ घाइते

लक्की खबर