६बैसाख,काठमाडौं |नेकपा (एमाले) का सचिव योगेश भट्टराईविरूद्ध ताप्लेजुङमा स्थानियहरुले नाराबाजी भएको छ।
कन्चनजंघा हिमालमा मानव पाइला परेको हिरक महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन सचिव भट्टराई शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ लेलेप पुगेका थिए। उनीसँगै पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे पनि हेलिकप्टर चढेर ताप्लेजुङ पुगेका थिए।

नो केबलकार समूहु र पहिचानवादी समूहुले कार्यक्रम सम्पन्न भएर फर्कनै लाग्दा भट्टराईविरूद्धनाराबाजी गरेका थिए। अपराह्नतिर कार्यक्रम सकिएपछि पर्यटनमन्त्री पाण्डे हेलिकप्टरतिर गइसकेका थिए। भट्टराई नजिकै रहेको कन्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको शौचालय गएका थिए।

उनी शौचालयभित्र छिर्नेबित्तिकै पहिचानवादी समूह र नो केवलकार समूहले शौचालय घेरेर भट्टराईविरूद्ध नाराबाजी गरेका थिए।
लगत्तै परिचालन भएको प्रहरीले भट्टराईलाई सुरक्षा प्रदान गरेको थियो। भट्टराई शौचालय भित्रै रहँदा प्रहरीले बाहिरबाट चुकुल लगाइदिएको थियो।
नाराबाजी भएपछि सुरक्षाकर्मीको संख्या बढाइएको थियो, ताप्लेजुङ प्रहरीले उहाँलाई सुरक्षित काठमाडौं पठाएका थियो।


