Lucky-Khabar_

रौतहटमा परोहा नगरपालिका -७ मदरसामा बेथिति भयो भन्दै मो. जफिरद्दारा आमरण अनसन

७ चैत,रौतहट|परोहा नगरपालिका -७ रौतहट जामिया ईसलामिया मदरसामा बेथिति भयो भन्दै मो.जफिर आज आईतबार देखि आमरण अनसनमा बसेको छ |
मो.जफिर परोहा नगरपालिका कार्यालय अगाडी अर्धनङ्ग अवस्सथामा आमरण अनसनमा बसेको परोहा नगरपालिका वडा नं ७ नरकटिया टोल निवासी तथा जनमत पार्टीका नगर सचिव रहेको छ |

उक्त बिद्दालयका प्रधाना ध्यापकसित सम्पर्क नहुदा स्थानीय एक शिक्षा प्रेमीका अनुसार अनसनमा बस्ने मो. जफिरको श्रीमती गुलसन जहान बिगत १० बर्षदेखी बालविकास कोटामा नियुक्ति लिई स्कुलमा नगई घरमै बसेर सुबिधा लीइरहेकी थिईन भनि स्थानीयहरुले समेत बिरोध गरिरहेका थिए पनि बताए |

अबको नया मदरसा व्यवस्थापन समितिको चयन सर्वसहमतिले स्थानीय मो.मोजामिल हक भएको छ | उक्त व्यवस्थापन समिति चयन हुदा पहिला देखि नै निज गुलसन जहान परानो समितिमा सदश्य र मदरसामा पनि अध्यापन पेशामा नियुक्ति लिएकी आएकोमा अब उप्रान्त समितिद्दारा स्कुलमा सधै अध्यापन गराउन हाजिर हुनुपर्छ र दुईमा एक पदमा मात्र काम गर्न भन्दा मदरसामा अनियमितता भयो भनि जहानका श्रीमान् अनसनमा बसेको जानकारी प्राप्त भएको छ|
तर अनसनमा बसेको जफिरको अनुसार मदरसा(स्कुल)मा संचालकले एकलौटी निरणय गरि सबै कार्य गरि धेरै बेथिति भएको बताए |यदि मदरसामा यो बेथिति खतम भएन भने हामि शसक्त आन्दोलन पनि गर्छु बताए |

content ad p2

सम्बन्धित खबर

वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा नयाँ संक्रमित फेला

लक्की खबर

वीरगञ्जमा हैजा नियन्त्रण उन्मुख, काठमाडौँबाट भने त्रास र हौवा फैलाइँदै

लक्की खबर

जनकपुरको मेयर मनोज साहद्वारा पत्रकार महासंघको जग्गामा बार एसोसिएसनको दाबी अस्वीकृत, विवाद समाधानका लागि संवाद आह्वान

लक्की खबर