Lucky-Khabar_

पर्यटन कार्यालय रौतहटकोमा दुई कर्मचारी मात्र भएर सेवाप्रवाहमा समस्या

८ बैशाख, गौर । गौरस्थित पर्यटन विकास कार्यालय रौतहटको दुई जना कर्मचारीको भरमा चलिरहेको छ । ती मध्ये पनि दरबन्दी अनुसारको कार्यालय प्रमुख छैनन । सो कारण स्थानीय तहमा योजना कार्यान्वयन र अनुगमनमा समस्या देखिएको छ ।

content ad p2

हाल निमित्त कार्यालय प्रमुख तथा लेखा अधिकृतसहित २० जना करारका कर्मचारीबाट मात्र कार्यालय सञ्चालन भइरहेको छ । यस कार्यालयको कार्यक्षेत्रमा रौतहट र सर्लाही जिल्लाहरू पर्दछन् । झन्डै ८५ करोड बजेट रहेको यस कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ मा ३२ वटा योजना टेन्डर प्रक्रियाबाट र १२० वटा उपभोक्ता समितिमार्फत सञ्चालन गर्दैछ ।

स्थायी कर्मचारी नहुँदा अधिकांश कामको निगरानी र अनुगमन आफैँ गर्नुपर्ने बाध्यता रहेको निमित्त कार्यालय प्रमुख सञ्जयकुमार मिश्रले बताएका छन् । उनले दरबन्दी अनुसारको कर्मचारी व्यवस्थापनमा मन्त्रालयको चासो आवश्यक रहेको पनि बताए ।

कार्यालयले हाल मठ-मन्दिर सौन्दर्यीकरण, धर्मशाला तथा विवाह भवन निर्माण, पोखरी र पर्यटकीय स्थलहरूको विकासमा काम गर्दै आएको छ । तर, स्थायी कर्मचारीको अभावले कार्य सम्पादनमा प्रत्यक्ष असर परेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय जनकपुरधामका सचिव जयकुमार घिमिरेले केही दिनमै दरबन्दीअनुसारको कार्यालय प्रमुखसहित अन्य स्थायी कर्मचारी खटाउने तयारी भइरहेको जानकारी दिएका छन् ।

सम्बन्धित खबर

वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा नयाँ संक्रमित फेला

लक्की खबर

वीरगञ्जमा हैजा नियन्त्रण उन्मुख, काठमाडौँबाट भने त्रास र हौवा फैलाइँदै

लक्की खबर

जनकपुरको मेयर मनोज साहद्वारा पत्रकार महासंघको जग्गामा बार एसोसिएसनको दाबी अस्वीकृत, विवाद समाधानका लागि संवाद आह्वान

लक्की खबर