Lucky-Khabar_

जनमत पार्टी पर्सा द्धारा जिल्लाको विकासको लागी ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाए

रामआर्य,राज सरार्फ
८ बैशाख,पर्सा | पर्सा जिल्लाको समग्र विकासमा राज्यको ध्यानाकर्षण गराउँदै जनमत पार्टी पर्साले आज जिल्ला प्रशासन कार्यालय पर्सामार्फत नेपाल सरकारलाई ८ बुँदे ज्ञापनपत्र बुझाएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम तथा बजेटमा पर्सा जिल्लाको प्राथमिकता सुनिश्चित गर्न माग गरिएको छ। 

content ad p2

पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको नेतृत्वमा गएको टोलीमा केन्द्रिय सदस्यहरू बिध्यालाल प्रसाद, रम्भा मिश्रा, नजमा खातुन, वीरगञ्ज महानगर अध्यक्ष महादेव शर्मा, तथा नेताहरू बृजेस्वर चौधरी, सन्तोष साह, संजय सिंह, अञ्जना गुप्ता,ई.सुनिल मुखिया , राजुराज गिरि, लोकेश कर्ण, संजय सरार्फ, कृष्ण कुशवाहा, मनोज साह, अभिषेक झा, आजाद अन्सारी, धिरेन्द्र पंजियार, सिकेन्द्र राम, हिरालाल राम र भुवन गिरि, लगायतको उल्लेखनीय उपस्थिति थियो।

ज्ञापनपत्रमा समेटिएका प्रमुख ८ मागहरू यसप्रकार छन्:
1. अलपत्र अवस्थामा रहेको नारायणी रंगशालाको पुनःसंरचना र सञ्चालनका लागि आवश्यक बजेट विनियोजन।
2. नारायणी अस्पतालको पूर्वाधार विकासमा विशेष प्राथमिकता र सुविधा विस्तार।
3. स्थानीय स्तरमा जनताको सहज यातायातका लागि “जनता सडक” निर्माणमा बजेटको सुनिश्चितता।
4. कृषिमा आत्मनिर्भरता र उत्पादन वृद्धिका लागि सिँचाइको लागि विशेष बजेटको व्यवस्था।
5. सिरिसिया नदी संरक्षण |
6.पर्साको ठोरी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विशेष प्याकेज घोषणा।
७.,वीरगञ्जमा रहेको कृषि औजार उद्योगको सुदृढीकरण र प्रवर्द्धनका लागि आवश्यक बजेट।
8.किसानलाई समयमै र सहज रुपमा खाद्य मल उपलब्ध गराउने सुनिश्चितता र बजेट व्यवस्थापन।

जनमत पार्टी पर्साले पर्सा जिल्लाले मुलुकको अर्थतन्त्रमा दिएको योगदानअनुसार विकासका परियोजनाहरूमा पनि उचित प्राथमिकता पाउनुपर्नेमा जोड दिएको छ। स्थानीय जनताको आवाजलाई सरकारसम्म पुर्याउने प्रयासस्वरूप यस्ता कार्यक्रमहरू निरन्तर चलाइने पार्टीले जनाएको छ।

सम्बन्धित खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर