Lucky-Khabar_

बैंक तथा वित्तीय संस्थाको सहयोगद्दारा बिरगंजलाई सुरक्षित बनाउन त्रिपक्षीय साझेदारी

राम आर्य
८ वैशाख,वीरगञ्ज ।वीरगंज उद्योग वाणिज्य संघ अन्तर्गतको “सेफर वीरगञ्ज” समितिले वीरगञ्ज नगर तथा आसपासका क्षेत्रलाई थप सुरक्षित बनाउने उद्देश्य थालेकोले सीसीटिभी क्यामेरा जडान अभियानले थप गति लिएको छ ।

विगत केही वर्षदेखि विभिन्न स्थानमा सीसीटिभी जडान गर्दै आएको समितिले हालै यस कार्यलाई अझ प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय पर्सा र वीरगंज महानगरपालिका बीच त्रिपक्षीय सम्झौता गरेको छ ।सो सम्झौता अनुसार तीनै पक्षले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने र अन्य प्रतिष्ठानहरूबाट समेत आवश्यक सहयोग जुटाएर नगर क्षेत्रमा थप सीसीटिभी क्यामेरा जडान गर्ने प्रतिबद्धता जनाएका छन् ।

content ad p2

त्यस्तै आज वीरगञ्जमा आयोजित एक कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले “सेफर वीरगञ्ज” अभियानलाई आर्थिक सहयोग प्रदान गरेका छन् । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख श्री राजेशमान सिंह , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष द्वय मनोजकुमार दास र आशिषकुमार लाठ, कोषाध्यक्ष अनोज रुँगटा, कार्यसमिति सदस्य पन्नालाल साहसहित विभिन्न बैंकका शाखा प्रबन्धकहरूको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नगरप्रमुख सिंहले नगरको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउँदै “सेफर वीरगंज” को प्रयासलाई महानगरपालिकाको पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गरे । प्रहरी उपरीक्षक मिश्रले सहयोग गर्ने सबैलाई धन्यवाद दिदै सीसीटिभी जडानले अपराध नियन्त्रण र अनुसन्धानमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष दासले “सेफर वीरगंज” अभियानलाई सफल बनाउन आर्थिक सहयोग गर्ने बैंक तथा वित्तीय संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सबैको सहयोग रहने अपेक्षा राखे । कोषाध्यक्ष रुँगटाले संकलित रकमलाई पारदर्शी रूपमा सीसीटिभी जडान तथा मर्मत–सम्भारमा खर्च गरिने जानकारी दिए ।

वीरगञ्जलाई यसरी सुरक्षित बनाउने उद्देश्यले थालिएको “सेफर वीरगञ्ज” अभियानमा स्थानीय सरकार, सुरक्षा निकाय र निजी क्षेत्रको सहकार्यले सकारात्मक सन्देश दिएको छ । आगामी दिनमा यस अभियानले नगरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।

सम्बन्धित खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

छोराको न्यायका लागि संघर्षरत रवि पराजुलीको निधन, घाइते रिदमले दिए बुवालाई अन्तिम दागबत्ती

लक्की खबर