Lucky-Khabar_

दाङ रेडक्रसका पूर्वअध्यक्षले आफैं गोली हानी आत्महत्या गरे

८ वैशाख,तुलसीपुर ।दाङ रेडक्रसका पूर्वअध्यक्ष नारायण प्रसाद आचार्यले आफैंले गोली हानी आत्महत्या गरेका छन् । स्थानीय नारायण आचार्यले आफ्नै घरमा भएको लाइसेन्स प्राप्त बन्दुकले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन्।

content ad p2


लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं एसएसपी जनार्दन जीसीले अनलाइनखबरसँग कुराकानी गर्दै घटनाको पुष्टि गरेका छन्। ‘आज दिउँसो घरमै लाइसेन्सवाला बन्दुकले आफैंमाथि गोली चलाएको पाइएको छ। गोली लागेर घटनास्थलमै उहाँको मृत्यु भएको छ,’ एसएसपी जीसीले भन


मृतक नारायण आचार्य रेडक्रस दाङका पूर्वअध्यक्ष थिए। आत्महत्या किन गरे भन्ने कारण भने अझै खुल्न सकेको छैन।

प्रहरीलाई गोली चलेको जानकारी आज दिउँसो साढे ३ बजे प्राप्त भएको थियो। लगत्तै डीएसपीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धानमा यो घटना आत्महत्या जस्तो देखिएको बताए पनि थप अनुसन्धान जारी रहेको जनाएको छ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर