११ वैशाख,काठमाडौं । सरकारलाई जनमुखी बन्न आग्रह गर्दै आधारभूत मागहरू सम्बोधन नभए सरकारबाट बाहिरिने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चेतावनी दिएका छन्। लोकतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले जनताको आवाजलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै सरकारलाई जनउत्तरदायी बन्न आग्रह गरे।


“हामी सरकारसँग सहकार्य गर्न तयार छौँ, तर जनताको आधारभूत आवश्यकता र मुद्दाहरूलाई बेवास्ता गरिए हामी सरकारमा रहिरहने छैनौँ। जनताको आवाजलाई सम्मान गर्दै सरकारले जनमुखी कार्य गर्नुपर्छ |”थापाले भने |

देशमा सकारात्मक परिवर्तनको लागि युवा नेतृत्वको आवश्यकता औंल्याउँदै पुराना नेताहरूले मार्ग प्रशस्त गर्नुपर्ने उनलेबताए।


