Lucky-Khabar_

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि. द्वारा २५औ वार्षिकोत्सबको अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना

लालबाबु सिंह
२१ बैशाख वीरगन्ज । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वीरगन्ज शाखाले २५औ वार्षिकोत्सबको अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
वीरगन्ज शाखा कार्यालयको प्राङ्गणमा आइतबार आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३ महिला सहित २९ जनाले रक्तदान महान कार्य गरेका छन् ।
नेपाल लाईफ इन्स्योरेन्स मधेस प्रदेश का प्रमुख दशरथ झाको अध्यक्षतामा सम्पन्न सो खुल्ला रक्तदान कार्यक्रममा वीरगन्ज शाखा प्रमुख चिरञ्जीवी मिश्रा ,वीरगन्ज कपडा बैंकका अध्यक्ष सन्चारकर्मी लालबाबु सिंह ,बारा जिल्ला शाखा प्रमुख राजु साह ,रक्तसञ्चार केन्द्रका प्राबिधिक जितेन्द्र कुश्वाहा,सन्चारकर्मीहरु नुर आलम, जाकिर हुसेन,अभिलाष गुप्ता लगायत इन्स्योरेन्स एजेन्सी मैनेजर तथा अभिकर्ताहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा रक्तदान कार्यक्रममा उषा देवि,अंगुरी खातुन , राजु साह ( (६० पटक ) ,विष्णु राम ( ४६ पटक ) ,सेराज मिया,आकाश श्रीवास्तव,कमल बराल, उमाशंकर ठाकुर,अभय कुमार सोनि लगायत रक्तदाताहरुले आआफ्नो अमुल्य रक्तदान गरि मानवता लाई बलियो बनाएका हुन ।
सो अवसरमा नेपाल इन्स्योरेन्स क. लि. मधेस प्रदेश प्रमुख झाले रक्तदानले मानिसको जीवन बचाउने हुनाले यसलाइ जिवनदार र हाम्रो समाजले रक्तदातालाई भगवानको दुत भनी सम्मान गरेको बताउदै सम्पुर्ण रक्तदाताहरु लाइ हार्दिक आभार प्रकट गर्दै सम्पुर्ण ग्राहक,एजेन्सी मैनेजर तथा अभिकर्ताजनलाइ बार्षिकोत्सवको बधाई शुभकामना प्रदान गरेका थिए ।

वीरगन्ज शाखा प्रमुख मिश्राले रक्तदान नै जिवनदान भएकोले नेपाल लाईफ इन्स्योरेन्सले बार्षिकोत्सवको अवसरमा देशभरिनै रक्तदान लगायत विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेका छौ बताउदै कसैको जीवन बचाउनु मानवको सबै भन्दा ठूलो धर्म र कर्म भएकोले सम्पुर्णलाई रक्तदाताहरु प्रती आभार प्रकट गर्नु भयो साथै गर्न आग्रह गर्दै सम्पुर्ण सहयोगी हातहरुलाइ धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जका प्राबिधिक जितेन्द्र कुश्वाहाको नेतृत्वमा रहेको टिमले रक्तदाताहरु लाई रक्तदान गर सघाएका थिए भने कुश्वाहाले बढदो गर्मीले वीरगन्ज रक्तसञ्चार केन्द्रमा केही रगतका समुहहरुको कमि भएकोले रक्तदान कार्यक्रम गरि वा रक्तसञ्चार केन्द्र मै आएर रक्तदान गरि दिन हुन सम्पुर्ण संघ संस्था ,क्लब ,समाजसेवी अभियन्ता ,महिला, युवाहरुलाइ आग्रह गर्नु भयो ।

content ad p2

सम्बन्धित खबर

नेशनल मेडिकल कलेजको ओपीडी सेवा भोलिदेखि नियमित सञ्चालन हुने

लक्की खबर

४७ ब्रान्डका जीवनरक्षक औषधिको उत्पादन र आयातमा प्रतिबन्ध

लक्की खबर

नेपाल नर्सिङ परिषद्को सदस्यमा श्रुति साहसहित चार जना नियुक्त

लक्की खबर