Lucky-Khabar_

बाराका हुलाक कार्यालय प्रमुख कुर्मीसहित ६ जनाविरुद्ध पाँच करोडभन्दा बढी भ्रष्टाचार गरेको मुद्दा दायर

३०बैसाख,वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराका हुलाक कार्यालय प्रमुख कुर्मीसहित ६ जनाविरुद्ध पाँच करोडभन्दा बढी भ्रष्टाचार गरेको मुद्दा दायरगरेको छ ।

बचतकर्ताहरूको ५ करोड ३५ लाख ६४ हजारभन्दा बढी रकम हिनामिना गरेको गम्भीर आरोपमा कार्यालयका वर्तमान प्रमुख बलीराम प्रसाद कुर्मीसहित पूर्वप्रमुखहरू जयलाल प्रसाद साह कानू, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव र सुजितकुमार साहमाथि भ्रष्टाचारको कसुरमा मुद्दा चलाएको हो ।

content ad p2

कुर्मीले २०६० सालदेखि नै कार्यालयको बचत बैंकको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनले बचतकर्ताको रकमको कुनै अभिलेख नराखी आफूखुसी दुरुपयोग गरेको उजुरी अख्तियारमा परेको थियो । उक्त उजुरीमाथि गहिरो अनुसन्धान गर्दा कुर्मीले तत्कालीन कार्यालय प्रमुखहरूसँग मिलेर बचत रकम आपसमा बाँडफाँट गरी अपचलन गरेको तथ्य फेला परेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जनाएको छ ।

घोटालामा साँवा र ब्याजसहित कुल ५ करोड ३५ लाख ६४ हजार २७९ रुपैयाँ हिनामिना भएको अख्तियारको ठहर छ । अख्तियारले यही रकमलाई बिगो मानेर अभियुक्तहरूलाई कैद सजाय र जरिवानाको मागसहित मुद्दा दायर गरेको छ ।

घटनाले सरकारी कार्यालयमा हुने आर्थिक अनियमितताप्रति गम्भीर प्रश्न उठाएको छ । स्थानीय बचतकर्ताहरूको विश्वासमाथि ठूलो आघात पुगेको प्रकरणले पारदर्शिता र जबाफदेहिताको आवश्यकता झनै उजागर गरेको छ ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर