कन्हैया पटेल
१२ जेष्ठ वीरगन्ज। सेंट्रल स्कूल बीरगंज,पर्साद्वारा आयोजित फेयरवेल (विदाई) कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका अध्यक्षता स्कूलका डायरेक्टर बिनोद पटेल ज्यु तथा प्रमुख अतिथिका रूपमा प्रेम प्रसाद यादव उपस्थित थिए भने विशिष्ट अतिथिहरूमा डा. महेश्वर कुर्मी, डा.जगतदीप पटेल, नरेश पटेल लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

होटल क्लासिक बैंक्विटमा सम्पन्न भएको सो कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक , संचारकर्मी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम, भावनात्मक मन्तव्य र सम्मान कार्यक्रम प्रस्तुत गरेका थिए।कार्यक्रमका डा.जगतदीप पटेलले विद्यार्थीहरूको भविष्यको सफलताको कामना गर्दै प्रेरणादायक सन्देश पनि दिएका थिए।

विदाई कार्यक्रमले सम्पूर्ण विद्यालय परिवारमा भावुकता र उत्साह दुबै भर्न सफल भएको थियो।


