Lucky-Khabar_

अमेजनका संस्थापक बेजोसको हुदैँछ बिबाह, प्रत्येक पाहुनाका लागि ७५ लाख खर्च हुने

१२ जेठ, काठमाडौं । बहुराष्ट्रिय प्रविधि कम्पनी अमेजनका संस्थापक जेफ बेजोस र उनकी मंगेतर लरेन सान्चेज विवाह बन्धनमा बाँधिने भएका छन्।

समाचार प्राप्त भए अनुसार उनीहरुको विवाह अर्को महिना अर्थात् जुन २०२६ मा इटालीको भेनिसमा हुनेछ । यसका लागि तयारी सुरु भइसकेको छ |विश्वकै दोस्रो धनी व्यक्तिको विवाहको चर्चा विश्वभर भइरहेको छ । यो शाही विवाहमा करिब २०० जनालाई मात्रै निम्तो दिइने रिपोर्टमा दाबी गरिएको छ ।

content ad p2


जानकारी समाचार अनुसार प्रत्येक पाहुनाका लागि औसत ७५ लाख रुपैयाँ खर्च गरिने भएको छ, जसको कारण यो खर्चको निकै चर्चा परिचर्चा रहेको छ । र त, केही रिपोर्टहरूले यो संसारको सबैभन्दा महँगो विवाह हुने दाबी गरिरहेका छन्।

उक्त विवाहको लागि अतिथिहरूको सूची तयार पनि तयार भईसकेको छ। जानकारीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का र ज्वाईं जेरेड कुशनरको नाम यस शाही विवाहमा अतिथिहरूको सूचीमा परेका छन्।यसबाहेक किम कार्दशियन, क्रिस जेनर, केटी पेरी र ओर्ल्यान्डो ब्लूम, ओप्रा विन्फ्रे, बिल गेट्स र मिरान्डा केरजस्ता ठूला नामहरू पनि समावेश भएका छन् ।

सम्बन्धित खबर

फर्जी सदस्यता विवाद भिक्टोरिया सर्वोच्च अदालतमा, एनआरएनए अष्ट्रेलिया रिट प्रकरणमा प्रमाण पेश गर्न आदेश

लक्की खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर