रौतहट ।रौतहटको बकैया खोलामा खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको छ| राजपुर नगरपालिका–८ बलुवा निवासी गनउर मियाका करिब १० वर्षीय छोरा अर्वाज मियाको आज दिउँसो खोलामा डुबेर मृत्यु भएको छ।

स्थानीय स्रोतका अनुसार अर्वाज आफ्नै गाउँको नयाँ मदरसा नजिक रहेको लाल बकैयाको खोलामा साथीसँग खेल्ने क्रममा पानीमा डुबेका थिए। केही बेरपछि उनको शव खोलाबाट स्थानीयले फेला पारेका हुन्।

घटनास्थलमा प्रहरी पुगेर आवश्यक कारबाही थालेको छ। बालकको मृत्युबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।


