Lucky-Khabar_

बिरगंजमा बाढीपीडितका लागि आज दोस्रो दिन पनि पोसिलो खाना वितरण

अभिलाष गुप्ता
बिरगंज|बिरगंजमा बाढीपीडितका लागिआज दोस्रो दिन पनि पोसिलो खाना वितरण गरेको छ। ।

content ad p2

नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईका अनुसार आज दोस्रो दिन पनि २५० जनाका लागि खाना तयार गरी वितरण गरिएको हो। बिगत दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारण पर्सा जिल्लाका विभिन्न स्थानहरूमा बाढीले घरबार बिहिन बनाएका परिवारहरूका लागि यो पहल गरिएको हो।

उक्त अवसरमा जिल्ला प्रशासन कार्यालय पर्साका कार्यालय प्रमुख तोय नारायण सुबेदि,जिल्ला समन्वय समिति पर्साका सभापति अजय सर्राफ, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, उद्योग बाणिज्य संघ पर्साका सभापति हरि गौतम, नेपाल रेडक्रस सोसाइटी वीरगंजका सभापति बृजकिशोर पटेल,सोसाइटीका स-सचिव बिजय कुमार बल,सदस्य अनिल जैसवाल लगायतका सहयोगमा आइतबार देखि बाढीपीडितहरूलाई बिहान र बेलुकी दुई छाक पोसिलो खाना वितरण गर्ने कार्य सुरु गरिएको छ


अध्यक्ष चौगाईले बाढीपीडितहरूको राहतका लागि आवश्यक परे यो अभियानलाई अझ व्यापक बनाउन पनि तयारी गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार, समाजका स्वयंसेवकहरू निरन्तर रूपमा प्रभावित क्षेत्रहरूमा पुगेर राहत वितरण र सहयोग कार्यमा संलग्न छन्।

यो मानवीय कार्यको पहलले बाढीपीडितहरूलाई राहतका साथै सामाजिक सहकार्य र मानवीय संवेदनाको सन्देश दिएको छ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर