Lucky-Khabar_

भारतका प्रधान न्यायधीश बी.आर. गवईमाथि सर्वोच्च अदालतभित्रै जुत्ता प्रहार

वीरगञ्ज । भारतका प्रधान न्यायधीश बी.आर. गवईमाथि सर्वोच्च अदालतभित्रै जुत्ता प्रहार भएको छ ।

content ad p2

सोमबार बिहान करिब ११ : ३५ बजेको समय कोठा नम्बर १ मा रहेको इजलासमा ७१ वर्षका अधिवक्ता राकेश किशोरले सुनुवाइका क्रममा आफ्नो जुत्ता फुकालेर गवईतर्फ फ्याँकेका भारतीय सञ्चार माध्यमले जनाए अनुसार ।

जुत्ता प्रहार गरेका अधिवक्ता किशोरले हिन्दु सनातन धर्मको अपमान सहन सकिन्न भनेका छन् । गवईले न्यायाधीश के. विनोद चन्द्रनसँगको इजलासमा १६ सेप्टेम्बरमा खजुराहो मन्दिर परिसरको जवारी मन्दिरमा रहेको ७ फिट अग्लो भगवान् विष्णुको भग्न मूर्ति पुनर्निर्माणको मागसहित दायर याचिका खारेज गरेका थिए ।

सोही आदेशलाई लिएर अधिवक्ता किशोर असन्तुष्ट रहेको खुलेको छ । जुत्ता फाले लगतै प्रहरीले अधिवक्ता किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । उनी सर्वोच्च अदालत बार एसोसिएसनका सदस्य पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर