काठमाडौं ।नेपालका ३० जना प्रबुद्ध नागरिक अगुवाहरूले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई स्वेच्छिक अवकाश लिन अपिल गरेका छन्|

संयुक्त विज्ञप्ति मार्फत उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई वर्तमान राजनीतिक अवस्थाको नैतिक जिम्मेवारी लिँदै सक्रिय राजनीतिबाट बिदा लिन आग्रह गरेका हुन्।

अगुवाहरूले लोकतन्त्र र दलीय प्रणालीको सुदृढताका लागि नेतृत्व हस्तान्तरण अपरिहार्य रहेको बताएका छन्। साथै, फागुन २१ गते हुने निर्वाचनमा सबै दलहरूलाई बिना सर्त सहभागी हुन र अन्तरिम सरकारले निष्पक्ष निर्वाचनका लागि विश्वासनीय वातावरण बनाउनुपर्ने सुझाव दिएका छन्।

विज्ञप्ति जारी गर्नेहरूमा केदारभक्त माथेमा, खगेन्द्र संग्रौला, भोजराज पोखरेल, तारानाथ दाहाल, चरण प्रसाईं, झलक सुवेदी, चन्द्रकिशोर, दिनेश त्रिपाठीलगायत ३० जना नागरिक अगुवा समावेश छन्।



