Lucky-Khabar_

रौतहटको गौरन.पा.–६ सबगढा लचकामा ‘KGF-2’ नामको लोकल बस दुर्घटना।

राम आर्य
रौतहट । रौतहटको गौर–चन्द्रपुर सडकखण्ड अन्तर्गत गौर नगरपालिका–६ स्थित सपगढा लचकामा‘KGF-2’ नामको लोकल यात्रुबाहक बस दुर्घटना भएको छ। बस सडकछेउको खाल्टोमा कोल्टो परे पनि ठूलो मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

content ad p2

गौरबाट चन्द्रपुरतर्फ जाँदै गरेको ना.४ ख.५३१८ नम्बरको यात्रुबाहक बस बुधबार बिहान करिब १०ः१५ बजे अनियन्त्रित भई सडकछेउ खाल्टोमा पल्टिएको हो। लगातारको वर्षाका कारण सडक छेउमा पानीको बहाव तीव्र रहेकाले दुर्घटना जोखिमपूर्ण देखिए पनि यात्रुहरू सकुशल रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि तत्कालै स्थानीय बासिन्दाहरू उद्धारमा खटिँदा सबै यात्रुहरूलाई सकुशल रूपमा बाहिर निकालिएको थियो। बस खाल्टोमा परे पनि पानीमा नपरेको र समयमा उद्धार भएकाले ठूलो दुर्घटना टरेको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, दुर्घटनापछि बसलाई उठाउने कार्य सुरू गरिएको छ र सडकमा यातायात सहज बनाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।

प्रहरीले बस दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। मौसम र सडकको अवस्थालाई पनि दुर्घटनाको सम्भावित कारणका रूपमा लिइएको बताइएको छ।

#दुर्घटना

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर