Lucky-Khabar_

आजश्रीमानको दीर्घायुका लागि आज करवा चौथ व्रत मनाइयो

राम आर्य
आज हिन्दु महिलाहरूले आफ्ना श्रीमानको दीर्घायु, स्वास्थ्य र सुखसम्पन्न जीवनको कामना गर्दै करवा चौथ व्रत मनाएका छन्। विशेषगरी भारत र नेपालको केही सहरहरूमा यो पर्व उत्साहका साथ मनाइएको छ।

content ad p2

करवा चौथका दिन महिलाहरूले बिहानैदेखि निर्जल उपवास बस्ने र साँझमा चन्द्रमा उदाएपछि पूजा गरेर व्रत खोल्ने प्रथा रहिआएको छ। परम्पराअनुसार महिलाले चन्द्रमा हेरेपछि आफ्नो श्रीमानको मुख हेरेर व्रत तोड्ने गर्छन्।

आज विभिन्न स्थानमा महिलाहरूले परम्परागत पहिरन, मेहन्दी र सजावटका साथ पूजापाठ गरी श्रीमानको दीर्घायुका लागि मंगलकामना गरेका छन्।

नेपालमा मनाइने तीजको व्रत जस्तै यस व्रतको सम्पादनबाट पतिको सुस्वास्थ्य, दीर्घायु र अटल सौभाग्यको प्राप्ति हुन्छ भन्ने मान्यता रहेको पाइन्छ। १२ वा १६ वर्षसम्म प्रत्येक वर्ष लगातार लिएपछि यस व्रतको उद्यापन (उपसंहार) गर्ने नियम छ। तर कतिपय सधवा स्त्रीहरूले आजीवन यस व्रतको सम्पादन गर्ने गर्दछन्।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर