Lucky-Khabar_

“निर्वाचनमा सहभागी भएर जनविश्वास जित्नुस्” भनि जेनजीको आह्वान

काठमाडौं । जनता रोजगार राष्ट्रिय अभियान (जेनजी) ले देशभरका युवा, बुद्धिजीवी र राजनीतिक दलहरूलाई आगामी निर्वाचनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ ।

content ad p2

जेनजीका संयोजकले जारी गरेको वक्तव्यमा भनिएको छ — “देशको स्थायित्व, सुशासन र समृद्धिका लागि अब जिम्मेवार नागरिकले राजनीतिक रूपमै निर्णायक भूमिका खेल्नुपर्छ । निर्वाचनमार्फत जनताको विश्वास जितेर प्रणालीमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।”

वक्तव्यमा वर्तमान राजनीतिक अस्थिरता र नेताहरूको असंवेदनशीलताप्रति असन्तुष्टि जनाउँदै जनतामाझ वैकल्पिक नेतृत्व निर्माणको आवश्यकता औंल्याइएको छ ।

जेनजीले विशेषगरी युवाहरूमाझ जागरण अभियान सुरु गर्ने र राजनीतिक सचेतना फैलाउने तयारी गरेको जनाएको छ । अभियानका अनुसार, “विरोध मात्र होइन, सहभागिता र प्रतिस्पर्धामार्फत प्रणालीभित्रै सुधार सम्भव हुन्छ ।”

संस्थाले निर्वाचनमा सहभागी हुने व्यक्तिहरूलाई सदाचार, पारदर्शिता र जनसेवामा समर्पित बन्न समेत आह्वान गरेको छ ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर