Lucky-Khabar_

“निर्वाचनमा सहभागी भएर जनविश्वास जित्नुस्” भनि जेनजीको आह्वान

काठमाडौं । जनता रोजगार राष्ट्रिय अभियान (जेनजी) ले देशभरका युवा, बुद्धिजीवी र राजनीतिक दलहरूलाई आगामी निर्वाचनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ ।

content ad p2

जेनजीका संयोजकले जारी गरेको वक्तव्यमा भनिएको छ — “देशको स्थायित्व, सुशासन र समृद्धिका लागि अब जिम्मेवार नागरिकले राजनीतिक रूपमै निर्णायक भूमिका खेल्नुपर्छ । निर्वाचनमार्फत जनताको विश्वास जितेर प्रणालीमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।”

वक्तव्यमा वर्तमान राजनीतिक अस्थिरता र नेताहरूको असंवेदनशीलताप्रति असन्तुष्टि जनाउँदै जनतामाझ वैकल्पिक नेतृत्व निर्माणको आवश्यकता औंल्याइएको छ ।

जेनजीले विशेषगरी युवाहरूमाझ जागरण अभियान सुरु गर्ने र राजनीतिक सचेतना फैलाउने तयारी गरेको जनाएको छ । अभियानका अनुसार, “विरोध मात्र होइन, सहभागिता र प्रतिस्पर्धामार्फत प्रणालीभित्रै सुधार सम्भव हुन्छ ।”

संस्थाले निर्वाचनमा सहभागी हुने व्यक्तिहरूलाई सदाचार, पारदर्शिता र जनसेवामा समर्पित बन्न समेत आह्वान गरेको छ ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर