Lucky-Khabar_

नेपाली कांग्रेस आबद्ध आबद्ध युवाहरूले पार्टी कार्यालयमा तालाबन्दी गरे

काठमाडौं | नेपाली कांग्रेस पार्टीका केन्द्रीय कार्यालय सानेपामा पार्टीका आबद्ध युवाहरूले तालाबन्दी गरेका छन्। उनीहरूले आइतबार नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन्।

content ad p2

कांग्रेसलाई बन्धक बनाउन पाइँदैन, पदाधिकारी र केन्द्रीय सदस्यहरु होसियार, युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर, नियमित महाधिवेशन घोषणा गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। महाधिवेशनको विवादका कारण पार्टीको केन्द्रीय समिति बैठक स्थगित गरिएको भन्दै उनीहरूले आपत्ति जनाएका थिए।

तत्काल नियमित महाधिवेशनको मिति घोषणा गर्न नसके केन्द्रीय कार्यसमिति विघटन गर्नुपर्ने समेत उनीहरूले बताएका छन्। पार्टीको १५औँ महाधिवेशनको विषयमा विवाद भएपछि आइतबार बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ।

आगामी फागुन २१ गतेको आमनिर्वाचनपछि महाधिवेशन गर्ने वा त्यस अगावै महाधिवेशन गर्ने कांग्रेसमा सरकारले घोषणा गरेको विषयमा विवाद छ। यसैबीच कांग्रेस नेता मोहन बहादुर बस्नेतले केन्द्रीय समिति बैठकले नियमित महाधिवेशनको मिति सार्वजनिक गर्नुपर्ने बताए। पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले विशेष महाधिवेशनले पार्टीभित्रको समस्या समाधान हुन नसक्ने उनले बताए।

महामन्त्री गगनकुमार थापाले महाधिवेशनको विषयमा आफ्नो जिम्मेवारी पुरा गर्न नसक्दा अहिले विवाद देखिएको बस्नेतले आरोप लगाए। पार्टीको नियमित महाधिवेशन छिटो हुनुपर्ने युवाहरूको माग स्वाभाविक रहेको उनको भनाइ छ।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

प्रदर्शनका क्रममाज्यान गुमाएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाद्वारा १० लाख रुपैयाँ राहत

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर