Lucky-Khabar_

भारत, चीन, अमेरिका र राजनीति दल मिलेर पनि केही गर्न सक्दैनौं: मेयर बालेनको अभिव्यक्ति

काठमाडौं | राजनीतिक दल, अमेरिकी र छिमेकी मुलुकलाई लक्षित गर्दै आपत्तिजनक र अशोभनीय स्टाटस लेखेका छन्। उनले भारत, चीन, अमेरिका र प्रमुख राजनीतिक दलहरूलाई लक्षित गर्दै विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लेआपत्तिजनक स्टाटस लेखेका हुन्।

content ad p2

बालेनले सामाजिक सञ्जाल फेसबुकमा ‘भाडमा जाउ, तिमीहरूले केही पनि गर्न सक्दैनौं’ भन्ने आशयको विवादित स्टाटस लेखेका छन्। मेयर बालेनले शनिबार मध्यरातमा लेखेको उक्त स्टाटस अहिले डिलिट गरेका छन्। सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि उनले स्टाटस डिलिट गरेका थिए।उनको छिमेकी देश र प्रमुख राजनीतिक दलका विषयमा आपत्तिजनक स्टाटस लेखपछि चौतर्फी आलोचना भएको थियो।कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र भारत, अमेरिका र चीनको नाम लिएरै विवादस्पद् उनले अभिव्यक्ति दिएका थिए।

सामाजिक सञ्जालमा लेखेका स्टाटसका कारण बालेन चर्चामा रहने गर्छन्। यसअघि पनि सिंहदरवारमा आगो लगाइदिनेजस्ता अभिव्यक्तिका कारण उनी विवादमा परेका थिए। सोही अभिव्यक्तिकै कारण जेनजी आन्दोलनमा सिंहदरवार जलाइएको भन्दै उनीविरुद्ध उजुरीसमेत परेको छ। जेनजी आन्दोलनमा पनि फेसबुकमा विभिन्न स्टाटस लेखेर उक्साएको उनीमाथि आरोप लाग्दै आएको छ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर