Lucky-Khabar_

नेपाल प्रहरी जनपद तर्फ पाँच एसएसपी डीआईजीमा पदोन्नति, जिम्मेवारीसहित पदस्थापन

काठमाडौं । नेपाल प्रहरी जनपद तर्फका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन् ।

content ad p2

पाँच जना एसएसपीहरूलाई गृहमन्त्री ओमप्रकाश अर्यालले डीआईजीमा बढुवा गर्ने निर्णय गरेका हुन् । एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा भएका छन् ।

खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा, भट्टराई अपराध अनुसन्धान विभागमा, ओम अधिकारी उपत्यका प्रहरी कार्यालयमा, शेखर खनाल अख्तियारमा र अविनारायण काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका छन् ।

बढुवा हुने सबैजना एक सातापहिले नै बढुवाका लागि सिफारिस भएका थिए । गत कात्तिक ९ मा उनीहरूलाई बढुवाका लागि सिफारिस गरिएकोमा गृहमन्त्रीले निर्णय गरि बढुवा गरेका हुन् ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर