Lucky-Khabar_

नेपाल प्रहरी जनपद तर्फ पाँच एसएसपी डीआईजीमा पदोन्नति, जिम्मेवारीसहित पदस्थापन

काठमाडौं । नेपाल प्रहरी जनपद तर्फका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन् ।

content ad p2

पाँच जना एसएसपीहरूलाई गृहमन्त्री ओमप्रकाश अर्यालले डीआईजीमा बढुवा गर्ने निर्णय गरेका हुन् । एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा भएका छन् ।

खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा, भट्टराई अपराध अनुसन्धान विभागमा, ओम अधिकारी उपत्यका प्रहरी कार्यालयमा, शेखर खनाल अख्तियारमा र अविनारायण काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका छन् ।

बढुवा हुने सबैजना एक सातापहिले नै बढुवाका लागि सिफारिस भएका थिए । गत कात्तिक ९ मा उनीहरूलाई बढुवाका लागि सिफारिस गरिएकोमा गृहमन्त्रीले निर्णय गरि बढुवा गरेका हुन् ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर