बारा । श्री उज्ज्वल बचत तथा ऋण सहकारी संस्था प्रा लिमिटेड २०६७ सालमा दर्ता भई बारा जिल्लाको विश्रामपुर गाउँपालिका–५, ईटियाहीमा सञ्चालनमा रहेको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

हेटौंडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारक पर्यटकीय स्थलमा आयोजित साधारणसभा संस्थाकी ज्येष्ठ सदस्य ८२ वर्षीया पार्वती देवीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

संस्थाले यस वर्ष सेयर सदस्यबाहेक अन्य कुनै व्यक्ति वा संस्थालाई आमन्त्रण नगरेको जनाएको छ। कार्यक्रम संस्थाका संस्थापक पूर्वउपाध्यक्ष तथा वर्तमान अध्यक्ष राजेश्वर प्रसाद कुशवाहाको अध्यक्षतामा सम्पन्न भयो।साधारणसभामा पूर्व लेखा समिति संयोजक किसुन्देव प्रसाद कुशवाहा, जय किशोर सर्राफ, सुरेश गुप्ता लगायत ६५ जना सेयर सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव शिवशंकर गुप्ताले गरेका थिए भने आर्थिक वर्षसम्बन्धी विवरण आन्तरिक लेखा परीक्षक सदस्य सन्तोष यादवले प्रस्तुत गरेका थिए। संस्थाका विभिन्न प्रतिवेदनहरू अध्यक्ष कुशवाहाले प्रस्तुत गरेका थिए।साधारणसभाका अवसरमा संस्थाका दुई कर्मचारी तथा नियमित बचतकर्ता, ऋणी र सेयर सदस्यलाई सम्मानसमेत गरिएको थियो। संस्थाकासदश्य राजकुमार सर्राफले जानकारी गराएको छ |


