Lucky-Khabar_

सुपर ओभरको रोमाञ्चक जितसहित प्रेस्टिन भेली 6th Corporate Super Six Cricket Tournament 2082 को च्याम्पियन

वीरगञ्ज । लायन्स क्लब वीरगञ्ज परिवार र वीरगञ्ज स्पोर्ट्स एकाडेमीको संयुक्त आयोजनामा आदर्शनगर रङ्गशालामा सम्पन्न 6th Corporate Super Six Cricket Tournament 2082 को उपाधि प्रेस्टिन भेलीले जितेको छ।

content ad p2

फाइनल खेलमा प्रेस्टिन भेलीले दिएको ८२ रनको लक्ष्य अग्नि ग्रुपले बराबरी गरेपछि खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा अग्नि ग्रुपले जम्मा २ रन मात्र बनाउन सकेकोमा प्रेस्टिन भेलीले ३ रन बनाउँदै रोमाञ्चक जित निकालेर च्याम्पियन बन्न सफल भयो।

सेमिफाइनल चरणमा प्रेस्टिन भेली र राष्ट्र बैंक तथा अग्नि ग्रुप र वाणिज्य बैंकबीच प्रतिस्पर्धा भएको थियो।

प्रतियोगिताअन्तर्गत प्लेयर अफ द सिरिज अग्नि ग्रुपका विक्रम बस्नेत, बेस्ट ब्याटर प्रेस्टिन भेलीका अफ्ताब हुसैन र बेस्ट बलर महालक्ष्मी विकास बैंकका सागर गुप्ता घोषित भए।

कार्यक्रम वीरगञ्ज स्पोर्ट्स एकाडेमीका अध्यक्ष तथा लायन्स क्लबका रिजन चेयरपर्सन सन्दिप गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा नेशनल मेडिकल कलेजका एमडी तथा म्यानेजिङ डाइरेक्टर सहनवाज अन्सारी सहभागी रहनुभएको थियो।

उक्त अवसरमा लायन्स क्लब वीरगञ्ज परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डे, लायन्स डिस्ट्रीक 325 एसका फस्ट भाइस डिस्ट्रीक गभर्नर लायन राम बिहारी पाण्डे, पूर्व डिस्ट्रीक गभर्नर लायन डा. रमेश कुमार अग्रवाल, उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतम, मनोज उपाध्याय, डिस्ट्रीक एक्ज्युटिभ चिफ लायन बासु तिमल्सिना, लायन रिकेश साह, डिस्ट्रीक चिफ लायन श्याम गुप्ता, एरिया–३ का एरिया चिफ लायन रामेश्वर गुप्ता, वीरगञ्ज स्पोर्ट्स एकाडेमीका सचिव नरेश रौनियार, प्रमोद गुप्ता तथा परिवारका निवर्तमान अध्यक्ष लायन भानुभक्त अधिकारीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगितामा बैंक, फाइनान्स तथा विभिन्न कोर्पोरेट क्षेत्रका २४ टिमहरूको सहभागिता रहेको थियो।

सम्बन्धित खबर

हरिखेतान क्याम्पसको विवाद हिंसात्मक : दुई पक्राउ, पठनपाठन प्रभावित

लक्की खबर

पुरानो रिसइबीमा दाजुभाइको हत्या, मुख्य आरोपीसहित ६ जना पक्राउ

लक्की खबर

व्यापारिक घरानाबाट ‘भू–माफिया’ छवितर्फ केडिया ? अर्बौंको सरकारी तथा निजी सम्पत्तिमाथि दाबी, प्रतिष्ठा जोगाउने कि विवादमा डुब्ने ?

लक्की खबर