Lucky-Khabar_

कुलमानलाई सुनाए बालेनले रास्वपाको प्रस्ताव, छलफल जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ऊर्जामन्त्री कुलमान घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूलाई दिएको प्रस्तावबारे जानकारी गराएका छन्।

 

content ad p2

शनिबार बालेन  र कुलमानबीच भएको भेटवार्तामा बालेनले शुक्रबार रास्वपा पक्षसँग भएको छलफल र त्यहाँ आएका प्रस्तावबारे ब्रिफिङ गरेका हुन्।कुलमान निकट स्रोतका अनुसार बालेनले प्रधानमन्त्रीसहितको तहबाट प्रस्ताव आएको र त्यसमा स्टेक (हिस्सेदारी) सम्बन्धी विषय अझै स्पष्ट भइनसकेको जानकारी दिएका थिए।

स्रोतका अनुसार, ‘ठ्याक्कै के–कस्ता सहमति वा असहमति भए भन्ने कुरा छलफल टुंगिएपछि मात्र खुल्नेछ। हामीले बुझेसम्म हिजो रास्वपाबाट आएको प्रस्तावबारे मेयर शाहले जानकारी गराउनुभएको हो। अधिकांश विषयमा रास्वपासँग अझै सहमति जुट्न बाँकी नै देखिन्छ।’हाल बालेन र कुलमानबीच छलफल जारी रहेको छ। तर, भेटवार्ता भइरहेको स्थानबारे भने खुलाइएको छैन।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर