Lucky-Khabar_

वीरगञ्जको लिंक रोडस्थित स्वस्तिका सप्लायर्समा आगलागी

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ स्थित लिंक रोडमा रहेको स्वस्तिका सप्लायर्समा आज बिहान आगलागी भएको छ। आगलागीका कारण गोदाममा राखिएका विभिन्न हार्डवेयर सामग्री जलेर नष्ट हुँदा ठूलो धनमाल क्षति भएको अनुमान गरिएको छ।

content ad p2

स्वस्तिका सप्लायर्सका सञ्चालक मनोज कुमार रौनियार ‘गुड्डु’का अनुसार हिजो शनिबार भएकाले पसल दिनभर बन्द थियो। आज बिहान करिब २ः१५ बजे छिमेकीबाट आगलागी भएको खबर पाएपछि घटनास्थल पुगेको उनले बताए। त्यस समयमा पसलभित्र अत्यधिक धुवाँ फैलिएकोले भित्र प्रवेश गर्नसमेत कठिन भएको उनको भनाइ छ।

घटनाको जानकारी पाउनासाथ वीरगञ्ज महानगरपालिकाको दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। करिब बिहान ४ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको रौनियारले जानकारी दिए।

आगलागीबाट स्वस्तिका सप्लायर्ससँगै रहेका अन्य दुई वटा पसलमा समेत आंशिक क्षति पुगेको छ। यद्यपि, यस घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा आगलागीको स्पष्ट कारण खुल्न सकेको छैन। तर विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनापछि क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

आगलागीबाट भएको क्षतिको वास्तविक मूल्याङ्कन अनुसन्धान पूरा भएपछि मात्र यकिन हुने जनाइएको छ।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर