Lucky-Khabar_

वीरगन्ज कपडा बैंकद्वारा घण्टाघरमा नि:शुल्क कपडा वितरण, १ हजार ७ सय थान कपडा वितरण

राम आर्य
वीरगन्ज|वीरगन्ज कपडा बैंकले बढ्दो चिसोलाई मध्यनजर गर्दै शुक्रबार वीरगन्जको घण्टाघरमा नि:शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा करिब १ हजार ७ सय थान नयाँ तथा पुराना कपडा वितरण गरिएको बैंकका सचिव कन्हैया पटेलले जानकारी दिए।

content ad p2

वीरगन्ज कपडा बैंकले आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन बिहान १०:३० बजेदेखि साँझ ५ बजेसम्म आफ्नो कार्यालय वीरगन्ज–८ बाट गरिब, असहाय तथा आवश्यकतामा रहेका व्यक्तिहरूलाई नि:शुल्क कपडा उपलब्ध गराउँदै आएको छ।

बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बैंकका संरक्षक तथा वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। यस्तै, बैंकका सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता र अधिवक्ता प्रकाश कुमार उपाध्याय विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा युवा समाजसेवीहरू बरुण चौरसिया, हुकुम सिंह, नेजामुदिन समानी, सुशिला साहनरोत्तम पाण्डे, आइज नेपाल पर्साका कोषाध्यक्ष रुपशिला जैसवाल, इन्द्र कुमार मानन्धर, घण्टाघर प्रहरी पोस्ट प्रमुख राम विनय झा, संस्थाका सल्लाहकार श्रवण बहादुर रायमाझी, ओमप्रकाश सराफ, उपाध्यक्ष प्रकाश थारु, सदस्यहरू जानकी देवी, सञ्जय मण्डल, नवराज भट्टराई, केदार गुप्ता, अभय बस्नेत, लम्बु पटेल, सुमित राज गुप्ता तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मीले “जोसँग धेरै कपडा छन्, हामीलाई दिएर जानुहोस् र आवश्यकतामा परेकाले यहाँबाट नि:शुल्क लिएर जानुहोस्” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै कपडा बैंकले विगत ७ वर्षदेखि निरन्तर सेवा गर्दै आएको बताए। आगलागी, बाढी, शीतलहर तथा चिसो मौसमजस्ता विपत्तिमा पीडितहरूका घरआँगनमै पुगेर लत्ताकपडासहित आवश्यक सामग्री सहयोग गर्दै आएको उनले उल्लेख गरे। हालको शीतलहरले असहायको जनजीवन कष्टकर बनेकाले सबैले आफ्नो आम्दानीको ५ देखि १० प्रतिशत सामाजिक सेवामा खर्च गर्ने बानी बसाल्न आग्रह गरे।

विशिष्ट अतिथि अधिवक्ता गुप्ताले सबैको साझा प्रयास र सहयोगबाट दिनदुखी तथा असहायको सेवा सम्भव हुने भन्दै वर्तमान शीतलहरको कठिन अवस्थामा आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरे।

कार्यक्रमको अन्त्यमा अध्यक्ष सिंहले कपडा बैंकको मानवतामूलक अभियानमा सहयोग गर्ने सम्पूर्ण दाता, शुभेच्छुक, सल्लाहकार, पदाधिकारी तथा सदस्यहरूप्रति आभार व्यक्त गरे।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर