Lucky-Khabar_

एमालेलाई ठुलो झटका : केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलद्वारा पार्टी परित्याग

बुटवल। नेकपा एमालेका केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले पार्टी परित्याग गरेका छन्। रुपन्देही क्षेत्र नं. २ अन्तर्गत तिलोत्तमा नगरपालिका–३ का स्थायी बासिन्दा पौडेलले जिल्ला अध्यक्ष यज्ञ गैरेलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्।

content ad p2

राजीनामा पत्रमा पौडेलले पछिल्लो समय पार्टीभित्र अधिनायकवादी सोच, नातावाद, गुटगत मानसिकता, खोक्रो राष्ट्रवाद, भ्रष्टाचार तथा गाली–बेइज्जतीको संस्कृति हावी हुँदै गएको आरोप लगाएका छन्। यस्ता प्रवृत्तिसँग आफू सहमत हुन नसकेको उल्लेख गर्दै उनले पार्टीसँगको सम्बन्ध अन्त्य गर्ने निर्णय गरेको जनाएका छन्।

पार्टी छाडेपछि आफू स्वतन्त्र रूपमा राजनीतिक जीवन अगाडि बढाउने पौडेलको भनाइ छ। एमाले नेतृत्वमा रहेको प्रदेश सरकारका बेला तत्कालीन मुख्यमन्त्री लिला गिरीको कार्यकालमा उनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ताको जिम्मेवारीमा नियुक्त भएका थिए। त्यस्तै, एमाले नेतृत्वकै सरकारका क्रममा उनी कानुन आयोगको सदस्यको भूमिकामा समेत सक्रिय रहेका थिए।

पौडेलको राजनीतिक यात्रा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ रुपन्देहीको अध्यक्षबाट सुरु भएको हो। त्यसपछि उनी एमाले रुपन्देहीको सचिवालय सदस्यका रूपमा तीन कार्यकाल काम गर्नुका साथै इलाका तथा क्षेत्रीय कमिटी सदस्य भएर पनि पार्टी संगठनमा सक्रिय रहे।

राजीनामा पत्रमार्फत पौडेलले आफूलाई विभिन्न सरकारी जिम्मेवारीमा पुग्न सहयोग गरेको भन्दै पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा तत्कालीन मुख्यमन्त्री लिला गिरीप्रति धन्यवाद व्यक्त गरेका छन्।

उनको पार्टी परित्यागसँगै रुपन्देहीको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर