Lucky-Khabar_

ओलीसँग हात मिलाउँदा किन फुट्छन् दलहरू? संयोग कि योजनाबद्ध राजनीति?

नेपालको राजनीतिमा अब यो प्रशन लुकाउन मिल्दैन—केपी शर्मा ओलीसँग गठबन्धन गर्ने दलहरू किन एकपछि अर्को गर्दै टुक्रिँदै जान्छन्?

content ad p2

यो केवल संयोग मात्र हो कि एमाले अध्यक्ष ओलीले प्रयोग गर्दै आएको सुनियोजित राजनीतिक रणनीति?

 

 

 

इतिहास आफैं साक्षी छ। २०७४ सालमा “वाम एकताको ऐतिहासिक सपना” देखाएर एमाले र माओवादी केन्द्र एक भए। तर परिणाम के आयो? सत्ता कब्जापछि सुरु भयो अहंकारको युद्ध, निर्णयमा एकल वर्चस्व, र अन्ततः नेकपा विघटन। माओवादी केन्द्र कमजोर भयो, नेतृत्व अपमानित भयो, र वाम आन्दोलन दिशाहीन बनाइयो। लाभ कसलाई पुग्यो? जवाफ स्पष्ट छ—एमाले र ओलीलाई।

 

 

मधेस केन्द्रित दलहरूको हालत झन् दयनीय छ। पहिचान, अधिकार र समावेशिताका मुद्दा बोकेर उदाएका दलहरू एमालेसँग सहकार्य गरेपछि नीति होइन, पदमा अल्झिए। परिणामस्वरूप ती दलहरू एकपछि अर्को गर्दै फुटे, साना गुटमा सीमित भए, र मधेसी जनताको विश्वास गुमाए। ओलीसँगको गठबन्धन मधेसी एजेन्डाका लागि आत्मघाती सावित भयो।

आज त्यही छाया नेपाली कांग्रेस माथि पनि देखिन थालेको छ। औपचारिक विभाजन नभए पनि पार्टीभित्रको शक्ति संघर्ष सतहमै देखिएको छ। एकातिर परिवर्तन र पुस्तान्तरणको माग गर्ने गगन थापा समूह, अर्कोतिर सत्ताकेन्द्रित यथास्थितिवादी शेरबहादुर देउवा समूह। प्रश्न उठ्छ—के कांग्रेस पनि ओलीको सत्ता खेलको परोक्ष शिकार बन्दैछ?

केपी शर्मा ओली साधारण नेता होइनन्। उनी भावनामा होइन, कमजोरीमा खेल्छन्। गठबन्धनलाई साझेदारी होइन, अस्थायी भर्‍याङ का रूपमा प्रयोग गर्ने उनको राजनीतिक इतिहास छ। कमजोर आन्तरिक संरचना भएका दलहरूलाई सत्ता र पदको लोभ देखाएर नजिक्याउने, अनि समय आएपछि उनीहरूकै कमजोरीलाई प्रयोग गरेर फुटाउने—यही शैली बारम्बार दोहोरिएको देखिन्छ।

तर दोष केवल ओलीको मात्र हो त? होइन। दलभित्रको आन्तरिक लोकतन्त्रको अभाव, नेतृत्वको स्वार्थ, र वैचारिक स्पष्टताको कमी ले पनि यस्तो विभाजनलाई मलजल गरेको छ। ओलीले ढोका खोलिदिए, तर भित्र पस्न आतुर हुनेहरू स्वयं थिए।

आजको नेपाली राजनीतिले गम्भीर आत्मसमीक्षा माग गर्छ। गठबन्धन सत्ता प्राप्तिको सर्टकट बनेको छ, विचार र सिद्धान्त किनारामा छन्। जबसम्म दलहरूले व्यक्तिवादी सत्ता राजनीतिलाई अस्वीकार गर्दैनन्, तबसम्म ओली होस् वा अरू कोही—दल फुटाउने राजनीति निरन्तर चलिरहनेछ।

 

 

सम्बन्धित खबर

सरकार–चिकित्सकबीच पाँच बुँदे सहमति, देशभरको चिकित्सक आन्दोलन फिर्ता

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

वीरगञ्जका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प, पक्राउ परेका वडाध्यक्षको रिहाइको माग

लक्की खबर