Lucky-Khabar_

बंगलादेशसँग ‘क्लिन स्वीप’ हार बेहोर्दै नेपाल साफ यू–१९ महिला च्याम्पियनसिपबाट बाहिरियो

काठमाडौं । पोखरा रंगशालामा जारी साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपबाट नेपाल बाहिरिएको छ । लिग चरणको अन्तिम तथा निर्णायक खेलमा बंगलादेशसँग ४–० को फराकिलो हार व्यहोरेसँगै नेपालको फाइनल पुग्ने सपना समाप्त भएको हो ।

content ad p2

बंगलादेशको जितमा अल्पी अख्तरले ह्याट्रिक गर्दै खेलमा प्रभुत्व जमाइन् भने प्रतिमा मुण्डले एक गोल थपिन् । यस जितसँगै बंगलादेशले लिग चरणका तीनवटै खेल जित्दै अपराजित रूपमा फाइनल यात्रा तय गरेको छ ।

नेपालले प्रतियोगितामा भुटानविरुद्ध मात्र जित निकाल्न सकेको थियो । निर्णायक खेलमा बंगलादेशको मजबुत खेलअगाडि नेपालले गोल गर्ने अवसरसमेत सिर्जना गर्न सकेन ।

अर्कोतर्फ, भारतले नेपाल र भुटानलाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । भारत लिग चरणमा बंगलादेशसँग मात्र पराजित भएको थियो । एक खेल पनि जित्न नसकेको भुटान र आयोजक नेपाल प्रतियोगिताबाट बाहिरिएपछि अब उपाधिका लागि भारत र बंगलादेशबीच आगामी शनिबार फाइनल खेल हुने भएको छ ।

सम्बन्धित खबर

सरकार–चिकित्सकबीच पाँच बुँदे सहमति, देशभरको चिकित्सक आन्दोलन फिर्ता

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

वीरगञ्जका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प, पक्राउ परेका वडाध्यक्षको रिहाइको माग

लक्की खबर