Lucky-Khabar_

बिन्दबासिनी गाउँपालिकामा दलित महिलाको प्रदर्शनअनियमितताको आरोप

वीरगञ्ज । पर्साको बिन्दबासिनी गाउँपालिकामा सञ्चालन भइरहेको दलित तथा विपन्न समुदाय लक्षित आवास निर्माण योजनामा अनियमितता भएको आरोप लगाउँदै दलित महिलाहरूले गाउँपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

content ad p2

संघीय सरकारबाट प्राप्त १ करोड १० लाख रुपैयाँ बजेटमा गाउँपालिकाले आवास निर्माणका लागि टेण्डर आह्वान गरी ठेक्का प्रक्रिया समेत पूरा गरिसकेको छ। तर योजनासम्बन्धी कुनै जानकारी लाभग्राही समुदायलाई नदिई निर्माण प्रक्रिया अघि बढाइएको भन्दै स्थानीय दलित समुदायले आपत्ति जनाएका हुन्।

बुधबार वडा नम्बर–२ बहुअर्वाभाठाका दलित महिलाहरूले गाउँपालिका कार्यालय अगाडि धर्ना दिँदै सूचनाको हक प्रयोग गरी योजनासम्बन्धी विवरण माग गर्दै निवेदनसमेत दर्ता गराएका छन्।

निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष साहलाई बुझाइएको निवेदनमा संघीय अनुदानको कुल बजेट, लाभग्राही छनोटको मापदण्ड र प्रक्रिया, छनोट भएका लाभग्राहीको नामावली, निर्माण हुने आवासको अन्तिम स्वामित्व लगायतका विषयमा लिखित जानकारी उपलब्ध गराउन माग गरिएको छ।

प्रदर्शनकारीहरूले आवास निर्माण प्रक्रियामा अनियमितता भएको दाबी गर्दै उक्त कार्य तत्काल रोक्नुपर्ने माग समेत गरेका छन्। उनीहरूले वास्तविक दलित तथा विपन्न समुदायलाई बञ्चित गरी नक्कली लाभग्राही समावेश गरिएको आरोप लगाएका छन्।

यसअघि पनि वडा नम्बर–२ का पूर्व वडाध्यक्ष सन्जय चौहानले सोही योजनाबारे सूचनाको हक प्रयोग गरी गाउँपालिकामा निवेदन दिएका थिए। तर हालसम्म त्यसबारे कुनै सुनुवाइ नभएको उनले बताए।

यस विषयमा प्रतिक्रिया लिदा गाउँपालिका अध्यक्ष प्रमोद तिवारीसँग टेलिफोनमार्फत सम्पर्क गर्न खोज्दा यो सबै राजनीतिक पुर्वाग्रह नियोजित्त कार्य हो,यो योजना दलित मात्र नभई बिपन्न समुदायको लागि पनि हो र यो कार्य कानुन सहमत हुदैछ भनि जानकारी गराएका छन् |

सम्बन्धित खबर

सरकार–चिकित्सकबीच पाँच बुँदे सहमति, देशभरको चिकित्सक आन्दोलन फिर्ता

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

वीरगञ्जका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प, पक्राउ परेका वडाध्यक्षको रिहाइको माग

लक्की खबर