Lucky-Khabar_

ओलीको नयाँ ऊर्जा योजना: पाइपमार्फत घरघरमै ग्यास आपूर्ति गर्ने प्रस्ताव

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब खाना पकाउने ग्यास सिलिन्डरको झन्झट बिना पाइपमार्फत घरघरमा ग्यास आपूर्ति गर्न सकिने योजना सार्वजनिक गरेका छन्। सोमबार झापामा मतदातासँगको घरदैलो कार्यक्रममा उनले ग्यासको स्वदेशी उत्पादन बढाएर आयातमा निर्भरता घटाउन सकिने बताएका हुन्।

content ad p2

ओलीले दैलेखमा लामो समयदेखि रोकिएको ग्यास उत्खनन कार्य तत्काल सुरु गर्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार, उत्खनन पुनः सञ्चालन गरी पानीजस्तै ट्यांकमा भण्डारण गरेर पाइपलाइनमार्फत घरघरमा ग्यास वितरण गर्न सकिन्छ। यसले सिलिन्डरको प्रयोग अन्त्य गर्ने र आपूर्ति प्रणालीलाई सरल बनाउने उनको भनाइ छ।

झापा क्षेत्रबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका ओली हाल चुनावी घरदैलो अभियानमा व्यस्त छन्। यस क्रममा उनले ऊर्जा, विकास र आत्मनिर्भरता आफ्नो प्रमुख एजेन्डा रहेको उल्लेख गरे।

यसअघि दिएका केही विवादित अभिव्यक्तिबारे स्पष्टिकरण दिँदै ओलीले संस्कृति संरक्षण र गरिबी निवारण आफ्नो मूल उद्देश्य रहेको बताए। “मेरो भनाइ कसैलाई अपमान गर्ने नियतले होइन,” उनले भने, “अब दाउरा र गुइँठा बाल्ने समय होइन, आधुनिक प्रविधि र विद्युत्को प्रयोगतर्फ जानुपर्छ।”

ऊर्जा र विकाससँग जोडिएको ओलीको यो योजना निर्वाचन क्षेत्रमा आफ्नो अभियानलाई अझ सशक्त बनाउने रणनीतिका रूपमा हेरिएको छ।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर