बिरगंज| वीरगञ्ज महानगरपालिका–मायास्थान स्थित गीता मन्दिर रोडमा रहेको संस्थाले आ.व. २०८१/८२ को मुनाफाको २५ प्रतिशत रकम संरक्षित पुँजी फिर्ता कोषमा छुट्याई विशेष कार्यक्रमका बीच सदस्यहरूलाई वितरण तथा सम्मान गरेको हो। कार्यक्रममा संस्थाका पदाधिकारीहरूले सहकारीको सुदृढ वित्तीय अवस्था, सदस्य–केन्द्रित नीति र पारदर्शितालाई जोड दिएका थिए।

संस्थाका अध्यक्षले सहकारीको नाफा सदस्यकै हितमा प्रयोग गर्ने परम्परालाई निरन्तरता दिँदै संरक्षित पुँजी फिर्ता कोष वितरण गरिएको जानकारी दिए। उनका अनुसार नियमित बचत र ऋण कारोबारमा सक्रिय सदस्यहरूलाई प्राथमिकताका आधारमा सुरक्षित पुँजी फिर्ता कोषअन्तर्गत ३८ लाख रुपैयाँ रकम प्रदान गरिएको हो।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता तथा अनुशासित ऋणी सदस्यहरूलाई सम्मानपत्रसमेत प्रदान गरिएको थियो। सहभागी सदस्यहरूले सहकारीले सदस्यको हितमा काम गरिरहेको भन्दै संस्थाप्रति विश्वास व्यक्त गरेका थिए।
संस्थाले आगामी दिनमा पनि सदस्यको आर्थिक सशक्तीकरण र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।


