Lucky-Khabar_

अत्यावश्यक बाहेकका सबै सवारी सञ्चालनमाब आज मध्यरातदेखि रोक

वीरगञ्ज। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। निर्वाचनको सुरक्षा व्यवस्था कडा पार्दै मतदान कार्य सम्पन्न नहुन्जेलसम्मका लागि यस्तो निर्णय गरिएको हो।

content ad p2

निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै निर्वाचन आयोग ले सरकारलाई सवारी साधन सञ्चालनमा रोक लगाउन सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार आज मध्यरातिदेखि भोलि साँझ ५ बजेसम्म सवारी सञ्चालन बन्द रहने आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए।

उनका अनुसार अत्यावश्यक सेवाका सवारी साधन भने सञ्चालन गर्न पाइनेछ। एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चारका सवारी, खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी सवारी साधनहरू सञ्चालनमा कुनै रोक लाग्ने छैन।

यस्तै, कूटनीतिक नियोगका निलो प्लेट भएका सवारी साधन तथा निर्वाचन आयोग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पास प्राप्त सवारी साधनलाई पनि सञ्चालन अनुमति दिइनेछ।

सूचना अधिकारी घिमिरेले अत्यावश्यक कामबाहेकका यात्रुलाई सवारी बन्द हुनुअघि नै गन्तव्यमा पुग्न आग्रह गरेका छन्। निर्वाचन अवधिमा सवारी प्रयोगका क्रममा कुनै समस्या आएमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न पनि आयोगले अनुरोध गरेको छ। आवश्यक परे सुरक्षा निकायले आयोगसँग समन्वय गरी सहजीकरण गर्ने व्यवस्था मिलाइने जनाइएको छ।

सम्बन्धित खबर

हरिखेतान क्याम्पसको विवाद हिंसात्मक : दुई पक्राउ, पठनपाठन प्रभावित

लक्की खबर

पुरानो रिसइबीमा दाजुभाइको हत्या, मुख्य आरोपीसहित ६ जना पक्राउ

लक्की खबर

व्यापारिक घरानाबाट ‘भू–माफिया’ छवितर्फ केडिया ? अर्बौंको सरकारी तथा निजी सम्पत्तिमाथि दाबी, प्रतिष्ठा जोगाउने कि विवादमा डुब्ने ?

लक्की खबर