Lucky-Khabar_

जेनजी आन्दोलनका दिन रास्वपा सांसद सुधन गुरुङ र प्रहरी प्रमुखबीच फोन संवाद भएको खुलासा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसद सुधन गुरुङ र काठमाडौंका तत्कालीन प्रहरी प्रमुख (एसएसपी) विश्वराज अधिकारीबीच जेनजी आन्दोलनको चरम दिन भदौ २४ गते पटक–पटक टेलिफोन संवाद भएको तथ्य सार्वजनिक भएको छ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा समावेश ‘कॉल डिटेल रेकर्ड’ (सीडीआर) विश्लेषणअनुसार उक्त दिन दुवैबीच कम्तीमा दुई पटक सम्पर्क भएको देखिएको छ। प्रतिवेदनमा अधिकारीको मोबाइल नम्बर ९८५१२८०३५५ र गुरुङको ९८०१०६६१११ बीच संवाद भएको उल्लेख गरिएको छ।

३८ वर्षीय गुरुङ भदौ २३ गतेको प्रदर्शनका औपचारिक आयोजक नभए पनि ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका संस्थापक अध्यक्षका रूपमा माइतीघर क्षेत्रमा प्रदर्शनकारीलाई पानी वितरण गर्दै सक्रिय देखिएका थिए। आन्दोलन क्रमशः उग्र बन्दै सत्ताविरुद्ध केन्द्रित भएपछि उनले आफूलाई जेनजी आन्दोलनको एक अगुवा रूपमा प्रस्तुत गरेका थिए।

content ad p2

यद्यपि, भदौ २४ मा भएका हिंसात्मक घटनाको जिम्मेवारी गुरुङले औपचारिक रूपमा लिएका छैनन्। आयोगको प्रतिवेदनले गुरुङ र प्रहरी प्रमुखबीचको संवादको उद्देश्यबारे भने स्पष्ट निष्कर्ष निकालेको छैन।

सुरक्षा स्रोतहरूको विश्लेषणअनुसार आन्दोलनका क्रममा डिस्कर्ड प्लेटफर्ममा सञ्चालन भएका ‘युथ एगेन्स्ट करप्सन’ र ‘युवा हब’ नामक सर्भरहरू सक्रिय रहेको दाबी गरिएको छ। ती माध्यममार्फत नेताहरूका घर, राजनीतिक दलका कार्यालय, सरकारी संरचना तथा निजी प्रतिष्ठानमाथि आक्रमण गर्ने योजनाहरू बनाइएको समेत उल्लेख छ।

यसैबीच, केही विश्लेषणमा आन्दोलनकारीलाई सक्रिय बनाउने र सुरक्षा संयन्त्रलाई अन्यत्र व्यस्त राख्ने रणनीतिअन्तर्गत प्रहरीसँग सम्पर्क गरिएको हुनसक्ने अनुमान गरिएको छ। तर, यस विषयमा आयोगले ठोस निष्कर्ष भने सार्वजनिक गरेको छैन।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर