Lucky-Khabar_

भारतका चार राज्य र केन्द्रशासित प्रदेश पुडुचेरी मा सम्पन्न विधानसभा निर्वाचनको मतगणना आज बिहानदेखि जारी

भारत । भारतका चार राज्य र केन्द्रशासित प्रदेश पुडुचेरी मा सम्पन्न विधानसभा निर्वाचनको मतगणना आज बिहानदेखि जारी छ। प्रारम्भिक नतिजा तथा रुझानहरूले विभिन्न राज्यमा कडा प्रतिस्पर्धा र केही ठाउँमा अप्रत्याशित राजनीतिक परिवर्तनको संकेत दिएका छन्।

content ad p2

तमिलनाडुमा विजय नेतृत्वको नयाँ पार्टी तमिलगा भेत्री कझगम (टीभीके) ले उल्लेखनीय अग्रता बनाउँदै सत्ताको नजिक पुगेको देखिएको छ। २३४ सिट रहेको प्रदेशमा बहुमतका लागि ११८ सिट आवश्यक पर्छ। पछिल्लो रुझानअनुसार टीभीके १०५ सिटमा अगाडि छ भने एआईएडीएमके–कांग्रेस गठबन्धन ७६ सिट र डीएमके–भारतीय जनता पार्टी गठबन्धन ५१ सिटमा पछाडि छन्।

दशकौँदेखि द्रविड दलहरूको वर्चस्व रहँदै आएको तमिलनाडुको राजनीतिमा यो परिणामलाई विश्लेषकहरूले ठूलो राजनीतिक परिवर्तनका रूपमा हेरेका छन्।

पश्चिम बंगाल मा सत्तारुढ तृणमूल कांग्रेस र भारतीय जनता पार्टी बीच कडा प्रतिस्पर्धा देखिएको छ। प्रारम्भिक रुझानमा भाजपाले १४७ सिटमा अग्रता बनाएको छ भने तृणमूल कांग्रेस १२७ सिटमा पछाडि छ। १४८ सिट बहुमतका लागि आवश्यक भएकाले अन्तिम परिणामले सत्ता समीकरण तय गर्नेछ।

असम मा मुख्यमन्त्री हिमन्त बिस्वा सरमा नेतृत्वको भाजपा गठबन्धन ९५ सिटमा अगाडि रहँदै स्पष्ट बहुमततर्फ अग्रसर देखिएको छ। विपक्षी कांग्रेस गठबन्धन २७ सिटमा सीमित छ।

केरला मा भने युनाइटेड डेमोक्रेटिक फ्रन्ट (यूडीएफ) ५९ सिटमा अग्रता बनाउँदा सत्तारुढ लेफ्ट डेमोक्रेटिक फ्रन्ट (एलडीएफ) ४१ सिटमा पछाडि परेको छ।

यसैगरी, पुडुचेरी मा भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले अग्रता कायम राखेको छ।

समग्रमा प्रारम्भिक मतगणनाले दक्षिणदेखि पूर्वी भारतसम्म राजनीतिक शक्ति सन्तुलनमा महत्वपूर्ण परिवर्तनको संकेत देखाएको छ।

सम्बन्धित खबर

सरकार–चिकित्सकबीच पाँच बुँदे सहमति, देशभरको चिकित्सक आन्दोलन फिर्ता

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

वीरगञ्जका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प, पक्राउ परेका वडाध्यक्षको रिहाइको माग

लक्की खबर