Lucky-Khabar_

रौतहटको परोहा–८ नरकटियामा चोरी, अनुसन्धान सुरु

रौतहट । रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं. ८ नरकटियामा गए राति चोरीको घटना भएको छ।

content ad p2

प्राप्त जानकारीअनुसार नरकटिया निवासी प्रवेश गिरि र नन्दु ठाकुरको घरमा राति करिब १:३० बजेतिर अज्ञात व्यक्तिहरूले सेन (झ्याल/ढोका) फोडेर घरभित्र प्रवेश गरी चोरी गरेका हुन्। चोरीको घटनापछि घरधनी तथा स्थानीयवासीहरू त्रसित बनेका छन्।

घटनाबारे जानकारी पाएलगत्तै स्थानीय प्रहरीलाई खबर गरिएको छ। प्रहरीले घटनास्थलको निरीक्षण गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।

चोरी भएका नगद, सुनचाँदी तथा अन्य सामग्रीको यकिन विवरण भने हालसम्म सार्वजनिक भएको छैन। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य तीव्र बनाएको बताएको छ।

स्थानीयवासीहरूले पछिल्लो समय क्षेत्रमा चोरीका घटनाहरू बढ्दै गएको भन्दै सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

सम्बन्धित खबर

उपचारको बहानामा बिरामी रेफर गरे कारबाही हुने, उदयपुर अस्पतालको चेतावनी

लक्की खबर

इप्रका पोखरियाद्वारा ३७० केजी गाँजा बरामद, संलग्न व्यक्तिको खोजी तीव्र

लक्की खबर

रास्वपाको पहिलो महाधिवेशनमा करिब ४ करोड खर्च हुने अनुमान

लक्की खबर