Lucky-Khabar_

सरकारका गलत निर्णय सच्याउन रास्वपा तयार छ : रवि लामिछाने

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कुनै पनि निर्णयका कारण जनतालाई हानि पुग्ने अवस्था सिर्जना भए पार्टीले त्यसलाई सुधार गर्न आवश्यक भूमिका खेल्ने बताएका छन्।

content ad p2

शुक्रबार रौतहटमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारको नियतमाथि आफूहरूको शंका नभए पनि जनताको हितविपरीत हुने निर्णयहरू आवश्यक परे संशोधन गर्न सकिने बताए।

लामिछानेले किसान, मजदुर, गरिब तथा विपन्न वर्गलाई प्रत्यक्ष असर पर्ने नीति लागू भए त्यसलाई सच्याउन पार्टी पछि नहट्ने स्पष्ट पारे।उनले भने, “कुनै निर्णयले लाभ होइन, हानि पुगेको देखिए त्यसमा परिवर्तन हुन्छ। त्यसमा चिन्ता गर्नु पर्दैन। तर त्यसका लागि हामीले केही समय दिनुपर्छ।”

उनले रास्वपाले आफ्नो अभिभावकीय भूमिका कहिल्यै नत्याग्ने उल्लेख गर्दै जनताको हित संरक्षण पार्टीको प्रमुख जिम्मेवारी रहेको बताए। साथै, सरकारका निर्णयहरूको आवश्यक समीक्षा गर्दै सुधारका लागि पहल गरिने उनको भनाइ थियो।

सभापति लामिछानेले पार्टी आफैं गलत दिशातर्फ जान थाले नेता तथा कार्यकर्ताले समेत खबरदारी गर्नुपर्नेमा जोड दिए। उनले रास्वपाले जनताको विश्वास कायम राख्दै जनमुखी नीति र निर्णयका पक्षमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर