Lucky-Khabar_

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी, जनजीविकाका विषयमा छलफल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज मंगलबार पनि बस्दैछ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ः३० बजेका लागि बोलाइएको बैठकमा समसामयिक राजनीतिक, आर्थिक तथा सर्वसाधारणको जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।

content ad p2

सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ। सोमबारको बैठकमा २२ जना केन्द्रीय सदस्यले मुलुकको वर्तमान राजनीतिक अवस्था, सरकारका कामकारबाही तथा पार्टीको आगामी रणनीतिबारे आफ्नो धारणा राखेका थिए।

बैठकमा राजनीतिक विषयसँगै आम नागरिकले दैनिक जीवनमा भोगिरहेका व्यवहारिक समस्यालाई समेत प्राथमिकताका साथ उठाइएको कांग्रेसले जनाएको छ।

विशेषगरी बजारमा खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्ने, खेतीपातीको समयमा किसानलाई आवश्यक रासायनिक मल उपलब्ध गराउने, स्थानीय कृषि उत्पादनको उचित बजार तथा मूल्य सुनिश्चित गर्ने, बढ्दो कालोबजारी नियन्त्रण गर्ने तथा देशको ऊर्जा नीतिलाई पारदर्शी बनाउने विषयमा छलफल भइरहेको छ।

बैठकको पहिलो दिन महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेका विभिन्न संगठनात्मक तथा नीतिगत एजेन्डामाथि अझै थुप्रै केन्द्रीय सदस्यले धारणा राख्न बाँकी रहेकाले छलफललाई मंगलबार पनि निरन्तरता दिन लागिएको हो।

कांग्रेसको केन्द्रीय समिति बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, सरकारका गतिविधि, जनजीविकाका सवाल तथा पार्टीको संगठनात्मक र राजनीतिक रणनीतिबारे थप धारणा आउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

रसुवा बाढीपीडितका लागि वीरगन्जका युवाको सहयोग अभियान

लक्की खबर

मधेशका १ सय ६२ जना अझै रसुवा बाढीमा बेपत्ता

लक्की खबर

तीजको खर्च कटाएर बाढीपीडितलाई सहयोग गर्दै टाइगरचोक एकता आमा समूह

लक्की खबर