Lucky-Khabar_

फरक परिवेश, साझा आकांक्षाहरू : विविधताभित्र एकताको सन्देश

बिरगंज ।हरेक वर्ष अगस्ट १२ तारिख अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ। सन् २०२६ को दिवसको नारा “Different Context, Common Aspirations” अर्थात् “फरक परिवेश, साझा आकांक्षाहरू” रहेको छ।

content ad p2

नेपालजस्तो विविधताले भरिएको समाजमा भाषा, संस्कृति, भूगोल र जीवनशैली फरक भए पनि सम्मानजनक जीवन, शिक्षा, स्वास्थ्य, समान अवसर, शान्ति र समृद्धिको चाहना सबैको साझा आकांक्षा हो।

समाजसेवाका विभिन्न क्षेत्रमा काम गर्ने क्रममा चुनौती फरक भए पनि मानिसहरूको सपना र आशा समान रहेको अनुभव भएको छ। युवामा लगानी, स्वयंसेवा, शिक्षा र नेतृत्व विकासमार्फत सकारात्मक परिवर्तन सम्भव छ।

विविधतालाई कमजोरी नभई शक्तिका रूपमा स्वीकार गर्दै सरकार, नागरिक समाज, निजी क्षेत्र र समुदायबीच सहकार्य आवश्यक छ। करुणा, मानवता र साझा जिम्मेवारीले मात्र समावेशी तथा दिगो समाज निर्माण गर्न सकिन्छ।

अन्तर्राष्ट्रिय युवा दिवसले हामीलाई एउटै सन्देश दिन्छ—परिवेश फरक हुन सक्छ, तर राम्रो भविष्य निर्माण गर्ने हाम्रो साझा आकांक्षा एउटै हो।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर