Lucky-Khabar_

पर्सागढी–३ मा राजनीतिक उथलपुथल, विष्णु तामाङसहित ठूलो संख्यामा रास्वपामा प्रवेश रास्वपा नगर विभिन्न कमिटीमा नियुक्त

पर्सा । पर्सागढी नगरपालिका–३ मा पछिल्लो समय राजनीतिक गतिविधि तीव्र बनेको छ। नेकपा एमालेबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका विष्णु तामाङसहित ठूलो संख्यामा स्थानीय नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

content ad p2

स्थानीय निर्वाचनमा वडा अध्यक्ष पदमा झिनो मतान्तरले पराजित भएका तामाङसहित विभिन्न राजनीतिक दलमा आबद्ध नेता तथा कार्यकर्ताहरू रास्वपामा प्रवेश गरेपछि पर्सागढी–३ को स्थानीय राजनीतिमा नयाँ तरंग पैदा भएको छ।

माननीय सांसद सुशील साह कानुको उपस्थितिमा आयोजित कार्यक्रममा तामाङसहित नवप्रवेशीहरूलाई रास्वपामा स्वागत गरिएको थियो।

त्यस्तै सो कार्यक्रममा यातायात बिभाग प्रमुख रास्वपा मधेस प्रदेशका राम आर्य, पर्सा गढि न.पा.को रास्वपा पार्टी सभापति कबिराज अर्याल ,रास्वपाका लोकप्रिय नेता डा. चन्द्र भुषन सिंह,रास्वपा नेता बुधिराज पौडेल तथा अन्य  स्थानिय नेता तथा कार्यकर्ताहरुको उपस्थित थिए।

पार्टी प्रवेश गर्दै नवप्रवेशीहरूले पुराना राजनीतिक दलबाट अपेक्षित परिवर्तन र जनमुखी काम हुन नसकेको भन्दै नयाँ राजनीतिक शक्तिप्रति आकर्षण बढेको बताएका छन्।

विष्णु तामाङसहित ठूलो संख्यामा स्थानीय नेता तथा कार्यकर्ताको प्रवेशले पर्सागढी–३ मा रास्वपाको संगठन विस्तारलाई थप बल पुग्ने अपेक्षा गरिएको छ। स्थानीय राजनीतिक वृत्तमा यस घटनालाई आगामी दिनमा बन्ने राजनीतिक समीकरणमा प्रभाव पार्न सक्ने महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

Oplus_131072

सम्बन्धित खबर

भोटेकोशी बाढीपछि उद्धार कोषमा सहयोगको ओइरो, ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी संकलन

लक्की खबर

एक दिनमै ६०२ जनाको हेलिकप्टरमार्फत उद्धार, खोज तथा उपचार कार्य तीव्र

लक्की खबर

वीरगञ्जमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु, सौतेनी आमा प्रहरी नियन्त्रणमा

लक्की खबर