Lucky-Khabar_

सप्तरीमा दुई वर्षीया बालिका घरपछाडिको झाडीमा मृत फेला, एक जना नियन्त्रणमा

सप्तरी । शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोकमा दुई वर्षीया बालिका घरपछाडिको झाडीमा मृत अवस्थामा फेला परेकी छन्।

content ad p2

स्थानीय मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी भनिने सानिया खातुन बिहानदेखि हराएकी थिइन्। परिवारजनले खोजी गर्ने क्रममा उनलाई आफ्नै घरको पछाडिपट्टि मृत अवस्थामा फेला पारेका हुन्।

बालिका हराएको जानकारी पाएपछि प्रहरीले खोजी तथा अनुसन्धान अघि बढाएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा घरभित्रकै एक व्यक्तिको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ।

घटनाको वास्तविक कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रूपक खड्कासहितको अनुसन्धान टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको छ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाउने, आवश्यक प्रमाण संकलन गर्ने तथा कानुनी प्रक्रियाअनुसार विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ। बालिकाको मृत्युको कारण भने थप अनुसन्धान तथा आवश्यक परीक्षणपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

भोटेकोशी बाढीपछि उद्धार कोषमा सहयोगको ओइरो, ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी संकलन

लक्की खबर

एक दिनमै ६०२ जनाको हेलिकप्टरमार्फत उद्धार, खोज तथा उपचार कार्य तीव्र

लक्की खबर

वीरगञ्जमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु, सौतेनी आमा प्रहरी नियन्त्रणमा

लक्की खबर