Lucky-Khabar_

दक्षिण कोरियाबाट ४४ सदस्यीय ‘केडीआरटी’ टोली सुरुङ उद्धारमा कठिनाइ भइरहेका बेला काठमाडौं आइपुग्यो

१७ भदौ, काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सुरुङ तथा भग्नावशेषमा फसेकाहरूको खोज तथा उद्धारमा अपेक्षित सफलता हासिल हुन नसकिरहेका बेला दक्षिण कोरियाबाट विशेष दक्ष उद्धार टोली नेपाल आइपुगेको छ ।

content ad p2

परराष्ट्र मन्त्रालयअन्तर्गत विकास सहयोगका महानिर्देशक ली क्यु–होको नेतृत्वमा आएको ४४ सदस्यीय कोरिया डिजास्टर रिलिफ टिम (केडीआरटी) बुधबार बिहान ६ः२७ बजे दक्षिण कोरियाली वायुसेनाको विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

टोलीमा राष्ट्रिय अग्नि नियन्त्रक निकायका ३७ जना कर्मचारीसहित विभिन्न मन्त्रालयका अधिकारीहरू सहभागी छन् । टोलीले अत्याधुनिक खोज तथा उद्धार उपकरणको प्रयोग गर्दै बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी अभियान सञ्चालन गर्नेछ ।

कोरियाली नागरिकसहित बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजीलाई तीव्रता दिने उद्देश्यले आएको टोलीसँग विशेष तालिम प्राप्त पाँचवटा उद्धार कुकुर, उच्च क्षमताका ड्रोन, ध्वनि तथा भिडियो उपकरण, थर्मल इमेजिङ उपकरणलगायतका सामग्री छन् ।

नेपाल आइपुगेपछि टोली प्रमुख लीले नेपाली अधिकारीहरूसँग समन्वय गरी उद्धारको रणनीति तय गरिने बताएका छन् । कोरियाली पक्षले नुवाकोटको विदुरलाई आधार शिविर बनाएर प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य सञ्चालन गर्ने तयारी गरेको छ ।त्यस्तैयसअघि भदौ ११ र १३ गते नेपाल आएका दुईवटा र्‍यापिड रेस्पोन्स टिमले हेलिकोप्टर तथा स्थलमार्गबाट खोजी तथा उद्धार प्रयास गरे पनि उल्लेख्य सफलता हासिल गर्न सकेका थिएनन् ।

विशेषगरी कोरियाली लगानीमा निर्माण भइरहेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ५७३ जना सम्पर्कविहीन रहेको बताइएको छ । तीमध्ये करिब ३०० जना सुरुङभित्रै फसेको अनुमान गरिएको छ ।नेपाल सरकारको विशेष अनुरोधमा परिचालन भएको केडीआरटी टोलीले नेपाली सुरक्षाकर्मीसँग समन्वय गरी सुरुङ, भग्नावशेष तथा अन्य जोखिमपूर्ण क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर